धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर सभापति तथा पूर्ववडाध्यक्ष नरेश श्रेष्ठलाई झुटो आरोप लगाएर फसाउन खोजिएको भन्दै नेपाल तरुण दल धनकुटा र नेपाल विद्यार्थी संघ धनकुटाले संयुक्त रुपमा विरोध र्यालीको आयोजना गरेको छ ।
नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयबाट निस्केको र्याली धनकुटा बजारको विभिन्न भागको परिक्रममा गरेको थियो ।
र्यालीका सहभागीहरुले झुटो आरोप लगाएर कसैलाई फसाउन नपाउने भन्दै नारा जुलुस सहित विरोध गरिएको नेपाल तरुण दल धनकुटाका कार्यवाहक अध्यक्ष युवराज पराजुलीले बताए ।
नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ र सदस्य शिव पुजन शाह घट्नामा संलग्नै नभएको अवस्थामा नेकपा एमाले धनकुटाका जिम्मेदवार कार्यकर्ताहरुले झुटा आरोप लगाई फसाउने गंभिर षडयन्त्र गरीरहेकाले यसको भण्डाफोर गर्दै कडा ढंगाले प्रतिवाद गर्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
नेकपा एमाले धनकुटाका जिम्मेवार कार्यकर्ताहरुबाट षडयन्त्र पूर्वक ढंगले फसाउन रचिएको घट्नाको समयमा नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिसभाका उम्मेदवारको धनकुटा निवासमा गठबन्धनका उम्मेदवार र नेताहरुसंर्गै सम्पन्न निर्वाचनको वारेमा छलफल गरिरहेको र नगर सदस्य शिव पुजन शाह आफ्नै घरमा रहेको समेत केही दिन अघि जारी विज्ञप्तिमा भनिएको छ ।