• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा भेडेटारमा फुड फेस्टिवल सुरु

Dhankuta News by Dhankuta News
२०७९, १६ पुष शनिबार २२:३६
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter
अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा भेडेटारमा फुड फेस्टिवल सुरु

धनकुटा । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा तिनदिने फुड फेस्टिवल शुरु भएको छ । एक कार्यक्रमका वीच प्रदेश नं. १ प्रदेश सभा सदस्य माननीय निरन राईले महोत्सवको उद्घाटन गरेका थिए । कार्यक्रम कार्यक्रममा वोल्दै माननीय राईले प्रदेशकै प्रमुख पर्यटकीय स्थल रहेको भेडेटारको विकास गर्न प्रदेश सरकारमार्फत विशेष योजना तथा कार्यक्रम अघि ल्याउने बताए । उनले विभिन्न कारणले गर्दा देशको अर्थतन्त्र खोक्रो भइरहेको अवस्थामा भेडेटारको पर्यटन प्रवद्र्धनको लागि यहाँको सरोकारवाला निकायहरुसँग प्रदेश सरकारले सहकार्य गर्ने वताए ।

कार्यक्रमका विशेष अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय पालिका बनाउन गाउँपालिका भरि होमस्टे संंचालन गर्ने योजना रहेको बताए । उनले भेडेटारमा आउने हरेक पर्यटकहरुलाई वडाको होमस्टे सम्म पुर्याउनका लागि पालिकाले प्याकेज कार्यक्रम ल्याउने बताए । वडाका गाउँ गाउँमा होमस्टे संचालन ल्याएर भेडेटारमा आउने पर्यटकहरुलाई गाउँ गाउँसम्म पुर्याउने गरि नयाँ पर्यटन प्रवद्र्धनको कार्यक्रम यो वर्ष देखि लागु गर्ने समेत बताए ।

फुड फेस्टिवलको उद्घाटन समारोहमा लिम्बु जातिको ढोल नाच, राई जातिको साकेला, याम्फू जातिको गेलाङ र मगर समुदायले हुराए नाच प्रस्तुत गरेका थिए । उनीहरुलाई महोत्सवको तर्फबाट सम्मान गरिएको थियो ।

त्यसैगरी साँगुरीगढी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी समाचार लेखेर सहयोग पु¥याउने नेपाल टेलिभिजन धनकुटा संवाददाता तथा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ईश्वर थापालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै भेडेटारको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै सडक डिभिजन धनकुटाका तत्कालीन् प्रमुख दानवहादुर शाक्य र तत्कालीन् पुनर्निर्माण परियोजना धनकुटाका प्रमुख थिरेन्द्र दाहाललाई पनि सम्मान गरिएको थियो ।

महोत्सवको मुख्य प्रयोजक गोर्खा ब्रुअरी, प्रवद्र्धृनमा नेपाल टुरिज्म वोर्ड र सहयोगीमा साँगुरीगढी गाउँपालिका र ६ नं. वढा कार्यालय रहेका छन् । महोत्सवमा दुई दर्जन भन्दा बढी स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीवाट उत्पादीत तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको आयोजक संस्था होटल एशोसिएशन अफ भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले बताइन् ।

महोत्सवको लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउनेसँगै भिन्न भिन्न टुर प्याकेजहरुमा ५ देखि ३० प्रतिशतसम्म छुट र आन्तरिक तथा वाह्रय पर्यटकहरुलाई भेडेटारका होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ ।

होटल एशोसिएशन भेडेटारका कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन सत्रमा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा लिम्बु, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, धरान उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

निःशुल्क जग्गा दिने जग्गादातालाई साँगुरीगढी गाउँपालिकाको सम्मान

Next Post

गरिव परिचय पत्र वितरण गर्दै साँगुरीगढी गाउँपालिका

Next Post
गरिव परिचय पत्र वितरण गर्दै साँगुरीगढी गाउँपालिका

गरिव परिचय पत्र वितरण गर्दै साँगुरीगढी गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..