
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सह–सचिव पूर्णकुमार चौधरीको निधन भएको छ । उपचारको क्रममा गएराती करिव १ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
रेडियो भेडेटारका स्टेशन म्यानेजर समेत रहेका ३५ वर्षीय चौधरीलाई पिसाबमा संक्रमण देखिएपछि दुई दिन अघि उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उनको उपचारकै क्रममा निधन भएको पारिवारीक स्रोतको भनाई छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला सचिव समेत रहेका उनी नेपाल प्रेस यूनियन धनकुटाका कोषाध्यक्ष समेत थिए । धनकुटा सिनेमा हलका संचालक समेत रहेका उनको पार्थिव शरीरलाई राती नै धनकुटास्थित निवासमा ल्याइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले बताए ।