धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा समाजसेवी विकास घिमिरेले पाँचौं धनकुटा महोत्सव संचालनको क्रममा अपल्कनीय दुर्घट्नामा परी घाईते भएका विरामीहरुको उपचारका लागी एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन् ।
घाईतेहरुको उपचारमा सहयाेगका धनकुटा उद्योग बाणिज्य संघले सार्वजनिक अपिल समेत गरेको छ । गत माघ ६ गतेदेखि संचालन भएको पाँचौं धनकुटा महोत्सवको क्रममा माघ १४ गते साँझ अत्याधिक भीडमा ठेलमठेल हुँदा ३१ जना घाइते भएका थिए । उनीहरुको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक बापत प्राप्त हुने करिव ३० हजार रुपैया सहयाेग प्रदान गर्ने घाेषणा गरेका हुन् ।
घाइतेमध्ये धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा १८ जनाको र २ जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा र अन्य ११ जनाको धनकुटा अस्पतालमा उपचार भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।
घाईतेहरुको उपचार धनकुटा उद्योग बाणिज्य संघले गरिरहेको छ । एक जना विरामी मात्र अव डिस्र्चाज हुन बाँकी रहेको र अन्य सम्पूर्ण विरामीहरु उपचार पछि घर फर्किएका संघका सचिव श्रीराम रायमाझीले वताए ।
चर्चित गायक प्रमोद खरेलकाे साँगितिक प्रस्तुति हुने तय भएकाे दिन अत्याधिक दर्शकको ठूलो भिडका कारण नियन्त्रण हुन नसक्दा भएको थियो । गायक खरेलले आफ्नो पारिश्रमिक बापतको रकम घाइतको उपचारका लागि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
वडाध्यक्ष घिमिरेले मानवीय हिसावले महोत्सवका घाइतेहरुको उपचारका लागी गरेको सहयोग प्रति धन्यवाद दिँदै धनकुटा उद्योग वणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले सवै संघ संस्था तथा निकायहरु र सम्पूर्ण महानुभावहरुलाई सहयोगका लागी अपिल गरेका छन् ।