• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा पनि विविध कार्यक्रमसहित क्यान्सर दिवस मनाइयो

Dhankuta News by Dhankuta News
२०७९, २३ माघ सोमबार १९:४२
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा पनि विविध कार्यक्रमसहित क्यान्सर दिवस मनाइयो

धनकुटा । क्यान्सर सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमसहित धनकुटामा विश्व क्यान्सर दिवस मनाइएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको क्यान्सर रोगविरुद्ध लड्न विश्व समुदाय एकजुट हुनुपर्छ भन्ने सचेतना जगाउने उद्देश्यले फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ ।
सो अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाले बिभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यो वर्ष ’हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ ’क्लोज द केयर ग्याप’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी बरिष्ट समाजसेबी धनबहादुर खड़काले बिश्वको जुनसुकै कुनामा रहेपनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भएपनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनिश्चितता हुनुपर्ने बताए । उनले क्यान्सर लाग्नै नदिन सचेत हुनुपर्ने बताए । उनले समयमा नै क्यान्सर रोग पत्ता लागे उपचार गर्न सहज हुने भएकाले शिविरमार्फत परिक्षणको दायरा बढाउनु पर्ने बताए ।
यस्तै बिशेष अतिथी दुर्गा लक्ष्मी परोपकार संस्था धनकुटा शाखा सभापति सरस्वती श्रेष्ठले हामीमध्ये धेरैले अनेकन प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाई र छिमेकी गुमाउन वाध्य भैरहेका बताए । उनले सचेतनाको कारण पछिल्लो समय विकसित राष्ट्र र मध्यम तथा कम विकसित राष्ट्रबीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको अन्तर बढ्दै गएको बताए । उनले हाम्रो खानपान, बढ्दो रासायनिक पदार्थको अन्धाधुन्ध प्रयोग, प्रदषणलगायत कारणले क्यान्सर रोगीको संख्या दिनानुदिन बढीरहेकोले क्यान्सर को जनचेतनामुलक कार्यक्रम गाउँ गाउँमा पु¥याउनु पर्ने र सो कार्यक्रममा दुर्गा लक्ष्मी परोपकार संस्थाले सहकार्य तथा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा शाखाका कोषाध्यक्ष दिपक श्रेष्ठले बढ्दो क्यान्सर रोगीको संख्या कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा लानु पर्ने बताए । उनले नेपालमा स्वास्थ्य उपचारमा हुने पहुँचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी रहेको जानकारी दिए ।
नेपाल अर्बुद रोग निवारण संस्थाका महासचिव महेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको थियो । श्रेष्ठले क्यान्सर कारक तत्व रूपमा धुमपान, सुर्तिजन्य पदार्थको प्रयोग, खान पान आहार बिहार जस्तै जकंफुड, अखाद्य वस्तु, तरकारी र फलफूलमा विषादीको प्रयोग आदी कारणले क्यान्सर रोगीको दर बढाएको बताए । उनले विषादीमुक्त खाद्य पदार्थमा जोड दिदै बिषादी प्रयोग गरेका खाद्य सामग्री, सागसब्जÞी आदीको अत्यधिक प्रयोगले क्यान्सरले उग्र रूप लिईरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न सरकारको ध्यान नपुगेको भन्दै गुनासो गरे ।
सोहि दिन साँझ दिप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेर समापन गरेका थिए । कार्यक्रमको सञ्चालन उमेश उदासले गरेका थिए । सो अवसरमा शाखाका पदाधिकारीहरुलगायत बिभिन्न संघसंस्थाका पदाधिकारीहरु, समाजसेवी, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको सदस्य जीवन उदासले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा महोत्सवमा भएको घटनाको छानविन समिति गठन

Next Post

नविनको निर्णायक गोलमा आयोजक सेमिफाइनलमा

Next Post
नविनको निर्णायक गोलमा आयोजक सेमिफाइनलमा

नविनको निर्णायक गोलमा आयोजक सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..