• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिता सुरु

Dhankuta News by Dhankuta News
२०७९, २४ माघ मंगलवार २२:१३
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिता सुरु  भएको छ । साँगुरीगढी गाउँपालिकाको प्रायोजन तथा रामनवमी माध्यमिक विद्यालय वुढिमोरङको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष राईले खेलकुदको माध्यमबाट आफ्नो विद्यालय र गाँउपालिकाको परिचित हुने भएकोले सहभागी सबै खेलाडीहरुले अनुशासित भएर खेल्दै विजयी हुन शुभकामना दिएका थिए । साथै उनले खेलकुदबाट पनि युवाहरुले आफ्नो भविष्य बनाउन सकिने भएकाले आगामी बर्षहरुमा पालिकाले विशेष खेलकुदमा बजेटको व्यवस्था गर्ने बताए । उनले यसको सुरुवात चालु आर्थिक वर्षबाट भइसकेको बताए । पालिका स्तरीय खेलकुद प्रतियोगितालाई जोड दिइएको बताउँदै ब्याडमिन्टन प्रतियोगिताको लागि २ लाख ५० हजार, भलिवल प्रतियोगिताको लागि ४ लाख र फुटवल प्रतियोगिताको लागि ६ लाख रुपैया बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष राईको भनाई थियो ।

८ वटा माध्यमिक विद्यालय र ४ वटा निम्न माध्यमिक विद्यालय गरी १२ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटरको दौड, रिले दौड, भलिवल, कवड्डी, हाइजम्प, लङजम्प लगायत विधामा प्रतिस्पर्धा हुने रामनवमी माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव इङनामले बताए ।

उनका अनुसार प्रतियोगिता तेह्रौ राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत आयोजना भएको हो । पालिकास्तरको हरेक विधामा प्रथम स्थान हासिल गर्ने खेलाडीले गाउँपालिकाको तर्फबाट जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउनेछन् ।

पालिका स्तरको रनिङ शिल्ड प्रतियोगिताको साविक विजेता डाँडाबजारको भानु माध्यमिक विद्यालय हो । गत वर्ष साँगुरीगढी गाउँपालिका वडा नं. ३ स्थित जलकन्या माध्यमिक विद्यालय वेंशीटोलले प्रतियोगिताको आयोजना गरेको थियो ।

यो पटक आयोजक रामनवमी मा.वि. सहित गतवर्षको विजेता भानु मा.वि., ग्रामीण जनता मा.वि., जलकन्या मा.वि., सितादेवी मा.वि., राम मा.वि., गोलखाडी मा.वि., लक्ष्मी मा.वि., सिंहकाली नि. मा.वि., भानुभक्त नि. मा.वि., फाक्सिव नि. मा.वि., तानन्छोप्पा वोर्डिङ स्कुल लगायत विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

सोही अवसरमा रामनवमी विद्यालयका खेलाडीहरुका लागि १०/१० थान जर्सी सौजन्य गर्ने साँगुरीगढी गा.पा.२ बुढिमोङ निवासी पुरन इवाहाङ लिम्बू, चन्द्रकुमारी नयोङ (इङनाम) लाई धन्यवाद पत्र प्रदान गरिएको थियो । उक्त धन्यवाद पत्र प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राईले प्रदान गरेका थिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता आयोजक रामनवमी मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बह्मध्वज लिम्बुले गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शिव इङनाम, संचालन विद्यालयका शिक्षक रिजन श्रेष्ठले गरेका थिए ।
प्रतियोगिता भोली माघ २५ गते वुधवार सम्म संचालन हुनेछ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

आयोजक रातो फाइनलमा, सदाम र भेडेटार वीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने

Next Post

डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

Next Post
डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

डाँडाबजारको भानु माविलाई तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा पाँचौं साँगुरीगढी गाउँपालिका स्तरीय प्रतियोगिताको उपाधी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..