धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ मुलघाटमा १४ औं टुवोग महाशिवरात्री कप फुटवल प्रतियोगिता हुने भएको छ ।
टुवोर्गको प्रायोजन तथा तम्मर फुटवल क्लवको आयोजनामा आगामी फागुन १ देखि ६ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो । धरान र धनकुटाका गरी २० वटा क्लवको सहभागिता रहेको प्रतियोगिताको सहयोगी संस्था साँगुरीगढी गाउँपालिका रहेको छ । यस क्षेत्रमा हरेक वर्ष शिवरात्रीको अवसरमा प्रतियोगिता हुँदै आइरहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद ८५ हजार ट्रफी र उपविजेताले नगद ४५ हजार सहित ट्रफी प्रदान गरिनेछ । गतवर्ष धरान–१३ ले उपाधी जितेको थियो ।