धनकुटा । नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको ४० औं वार्षिक साधारण सभाको अधिवेशनले निर्विरोध रुपमा छत्रकुमार श्रेष्ठ (कृष्ण) को सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा शनिवार सम्पन्न अधिवेशनले श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको महिला उपाध्यक्षमा देवीकुमारी याखा, उपसभापतिमा ठगेन्द्रप्रसाद अधिकारी, मन्त्रीमा रामकुमारी राई, कोषाध्यक्षमा मुकुन्दप्रसाद भण्डारी, उपमन्त्रीमा शान्तिला तामाङ्ग, उपकोषाध्यक्षमा भीमकला श्रेष्ठ, महिला सदस्यहरुमा चन्द्रकला लामा चापागाईं, मैया खड्का भण्डारी, कल्पना राई, सदस्यहरुमा रविन्द्र न्यौपाने, रमेशकुमार राई, चन्द्रकृष्ण ठकुरी, त्रिलोचन घिमिरे, धिरेन्द्र थिङ्ग, लोकेन्द्रप्रसाद चापागाईं, अस्मिका राई लगायत छन् । समितिको आगामी कार्यकाल २ वर्षको हुनेछ ।
नेपाल रेडक्रस सोसाइटीमा ३ हजार २ सय ८८ जना सदस्य छन् । कार्यक्रममा साँगठानिक प्रतिवेदन जिल्ला शाखाका मन्त्री छत्रकुमार श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यष मुकुन्द भण्डारीले प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखा सभापति हरिकुमार राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । साेही अवसरमा उत्कृष्ट शाखाको रुपमा डाँडाबजार, माैनाबुधुक र चानुवा उपशाखालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।