धनकुटा । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को हालै सम्पन्न प्रदेश अधिवेशनले सरिता खनाल (मोरङ) को नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको छ ।
एलाइन्सको प्रदेश नं. १, प्रथम अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरुको प्रथम सम्मेलन हालै विराटनगरमा सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षमा कविता बास्तोला (महिला मानव अधिकारी सञ्जाल, झापा) र खगेन्द्र पोखरेल (सामुदायिक विकास केन्द्र, सुनसरी), सचिवमा मनकुमार बराइली (मानव अधिकारी मञ्च, ईलाम), सहसचिवमा सविता पोखरेल (उदयपुर) र राम सिं राई (खोटाङ्ग), कोषाध्यक्षमा निलबहादुर थापा (हुसाडेक नेपाल, धनकुटा) रहेका छन् । त्यस्तै सदस्यहरुमा गणेश तिमल्सेना (भोजपुर), हेमकुमारी पोख्रेल (संखुवासभा), सूर्यप्रसाद अधिकारी (हुकोडेक नेपाल, पाँचथर), शुसिला कार्की (सगरमाथा राष्ट्रिय विकास मञ्च, ओखलढुंगा), सुदिप लोहार (तेह्रथुम), दिपक दास (झापा) छन् ।