धनकुटा । २८ औं जनयुद्ध दिवसको अवसर पारेर मदन चोकमा दीप प्रज्वलन गरिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा सोमवार साँझ धनकुटा सदरमुकाम स्थित मदन चोकमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य राजेन्द्र वस्नेत र नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक राईले जनयुद्ध वारे चर्चा गरेका थिए । कार्यक्रमको संचालन माओवादी केन्द्रका धनकुटा नगर कमिटी सचिव खगेन्द्र विष्टले गरेका थिए । दीप प्रज्वलन माओवादी केन्द्र र क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।