धनकुटा । हिमालयन वैंक लिमिटेड धरान शाखासँगको सहकार्यमा सेवक अभियान धरानले धनकुटा नगरपालिका वडा नं. ८ टेकुनाला स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा वुधवार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत करिव ५० जना विद्यार्थीहरुलाई एक÷एक थान स्वीटर, शैक्षिक सामाग्री अन्र्तगत कपी, पेन्सील, इलेजर लगायत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि ८ नं. वडाका वडाध्यक्ष रसवहादुर राई, संस्थाका उपाध्यक्ष ममता शर्मा पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष हिमाकुमारी चेम्जोङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर राई, प्रधानाध्यापक शुक्र लिम्बु, धनकुटा नगर कार्यपालिका सदस्य भोगेन्द्र राई, सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका संरक्षक मनोजनारायण श्रेष्ठ, हिमालयन वैंक धरान तथा हिले शाखाका प्रवन्धक लगायतले विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री प्रदान गरेका थिए ।
जाडोमा बेला न्यानो पोशाक र शैक्षिक सामाग्री पाउँदा विद्यार्थीहरु दंग देखिन्थे ।कार्यक्रममा दिइएको जानकारी अनुसार शैक्षिक सामाग्री धरानको प्रदिप कोल्ड सेन्टरले सौजन्य गरेको हो । त्यस्तै विद्यार्थीलाई प्रदान गरिएको खाजा अरविन्द एण्ड व्रदर्श प्रा.लि. धरान–८ ले सौजन्य स्वरुप उपलब्ध गराएको थियो । भने न्यानो पोशाक स्वीटर र टोली हिमालयन वैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत र सेवक अभियानको संयुक्त साझेदारीमा वितरण गरिएको थियो । कार्यक्रमको संचालन अभियानका महासचिव खगेन्द्र कुँबरले गरेका थिए ।