धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. १ मूलघाटमा जारि १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिता अन्र्तगत वुधवार चार खेल सम्पन्न भए ।
पहिलो खेलमा वौद्धिक फुटवल क्लवलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै तेम्वाङ फुटवल क्लव विजयी भयो । निर्धारित समय गोलरहित वरावरीमा सम्पन्न भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा तेम्वाङले वाजी मार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।
दोस्रो खेलमा आयोजक तम्मर फुटवल क्लवलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै सिसिडिआईसी मौनावुधुक दोस्रो चरणमा प्रवेश ग¥यो । तेस्रो खेलमा सहिदभूमि गाउँपालिका–६ थलथले सहिदभूमिलाई शुन्यका विरुद्ध २ गोलले पराजित माङ्दवा फुटवल क्लव पनि दोस्रो चरणमा पुगेको छ । त्यस्तै अन्तिम खेलमा जिसिएफसी धरानलाई फराकिलो गोलअन्तरले पराजित गर्दै रामालिहाङ फुटवल क्लव दोस्रो चरणमा प्रवेश गरेको छ । रामालिहाङले धरानलाई शुन्यका विरुद्ध ५ गोलअन्तरले पराजित गरेको थियो ।
आजको खेल सँगै प्रतियोगिताको पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् । विहिवार देखि दोस्रो चरणको खेल सुरु हुने आयोजकले बताएको छ ।
प्रतियोगितामा धरान र धनकुटाका गरी २० वटा क्लवको सहभागिता रहेको आयोजक तम्मर फुटवल क्लवका अध्यक्ष पुष्पराज राईले बताए । प्रतियोगिताको विजेतथाले नगद ८५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । गतवर्ष धरान–१३ ले उपाधी जितेको थियो । शिवरात्रीको अवसर विगत १४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।