धनकुटा । रामलिहाङ फुटवल क्लव साँगुरीगढी गाउँपालिका वडा नं. १ मुलघाटमा जारि १४ औं टुवोर्ग महाशिवरात्री कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विहिवार सम्पन्न क्वाटरफाइनल खेलमा सिसिडिआई मौनावुधुकलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै रामलिहाङ सेमिफाइनलमा प्रवेश गरेको हो । रामालिहाङको लागि एक मात्र निर्णायक गोल विरेन लिम्बुले गरेका थिए । उनले दोस्रो हाफमा गोल गरे । रामालिहाङले फाइनल प्रवेशका लागि भोली प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ८५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद ४५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उदयमान खेलाडी सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईले बताए । गतवर्ष धरान–१३ ले उपाधी जितेको थियो । शिवरात्रीको अवसर विगत १४ वर्षदेखि प्रतियोगिता संचालन हुँदै आइरहेको छ ।