धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस इकाई समितिले सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रशासनिक भवनमा अनिश्चितकालीन् तालावन्दी गरेको छ ।
क्याम्पस प्रशासनको लापारवाहीको कारण गैरविद्यार्थीहरु नेकपा एमालेका यूवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेल र सचिव कमल कार्की लगायत क्याम्पस हाताभित्र प्रवेश गरेर अनेरास्ववियू क्याम्पस इकाइ सचिव मुस्कान राई समेतको संलग्नतामा नेवि संघ क्याम्पस इकाइका सभापति सुवास भण्डारी र सचिव युवराज कार्की माथि सांघातिक आक्रमण गरेको विरोध सहायक क्याम्पस प्रमुख र प्रशासनिक भवनमा अनिश्चितकालीन् तालावन्दी गरेको नेवि संघले जनाएको छ । अराजक तथा गम्भिर प्रकृतिका अपराधिक कार्य गर्ने व्यक्तिहरु प्रविण पोख्रेल, कमल कार्की र मुस्कान राईलाई कानून बमोजिम सजाय नदिएसम्म र नियम विपरित विद्यार्थी भर्ना गर्ने कार्यमा संलग्न निमित्त क्याम्पस प्रमुख मानवहादुर भण्डारी, विद्यार्थी कल्याण प्रमुख जीवन मिश्र तथा कर्मचारीहरुलाई कारवाही नगरेसम्म साथै गैरकानुनी भर्ना भएका विद्यार्थीको भना रद्द नगरेसम्म ताला नखुल्ने फागुन ४ गते नेवि संघ क्याम्पस इकाइ समितिका सचिव सुवास खनालद्वारा हस्ताक्षर गरी जारि गरिएको विज्ञप्तीमा भनिएको छ ।
आगामी चैत्र ५ गते हुन गइरहेको त्रिभुवन विश्व विद्यालय स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई लक्षित गरि विद्यार्थी भर्ना गर्ने क्रममा धनकुटा नगरपालिका वडा नं. २ वस्ने कला राई लगायत केही विद्यार्थीहरुको भर्ना गर्न नमिल्ने हुँदाहुँदै पनि जर्वजस्ती नियम विपरित एउटै संकायमा दोहो¥याई भर्ना गर्न खोजेकोले यो नियम विपरित हो भनेर प्रतिवाद गर्दा नेवि संघ क्याम्पस इकाइ सभापति भण्डारी र सचिव कार्की माथि सांघातिक आक्रमण गरी ज्यान मार्ने आसयले खेदी खेदी आक्रमण गरेको सचिव सुवास खनालले बताए । दोषी उपर कारवाही नगरिएमा शसक्त आन्दोलन गर्ने नेविसंघले जनाएको छ । सांघातिक आक्रमणमा परि घाइते भएका नेवि संघ क्याम्पस इकाई सभापति सुवास भण्डारी अहिले विराटनगर स्थित नोवेल अस्पतालमा उपचाररत छन् ।