• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साउदीको जेलमा रहेका फलामेटारका दिनेशलाई छुटाउन व्यवसायी दुर्गा प्रसाईले सहयोग गर्ने

Dhankuta News by Dhankuta News
२०७९, ८ फाल्गुन सोमबार १४:२०
0
0
SHARES
284
VIEWS
Share on FacebookShare on Twitter
साउदीको जेलमा रहेका फलामेटारका दिनेशलाई छुटाउन व्यवसायी दुर्गा प्रसाईले सहयोग गर्ने

धनकुटा । जरिवाना रकम तिर्न नसक्दा विगत डेढ वर्ष देखि साउदीमा जेल जीवन विताइरहेका धनकुटा फलामेटार निवासी दिनेश कार्कीलाई छुटाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ लाख रुपैया आर्थिक सहयोग गरेका छन् ।

सोमवार विहान दिनेशका वुवा गणेशकुमार कार्की, समाजसेवी महेन्द्र न्यौपाने, धनकुटाका जनप्रतिनिधि मनोज रायमाझी (सन्दिप) लगायतको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरमै पुगेर भेट गरेका छन् । भेटको क्रममा मेडिकल व्यवसायी प्रसाईंले कुटनीतिक पहलसँगै आर्थिक सहयोग स्वरुप दुई लाख रुपैया सहयोग गरेको धनकुटाका जनप्रतिनिधि मनोज रायमाझी (सन्दिप)ले बताए ।

चौविसे गाउँपालिका वडा नं. ४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा विगत डेढ वर्ष देखि साउदीमा जेलजीवन विताइरहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा उनि साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा काम गर्न ५ वर्ष अघि पुगेका थिए । तर कम्पनीले श्रम सम्झौंता अनुसारको सेवा सुविधा नदिएपछि उनी वाहिरै अवैध रुपमा काम गर्न थाले । बाहिर काम गर्ने सिलसिलामा सवारी साधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट आफू पक्राउ परेको उनले टेलिफोन मार्फत् जानकारी दिए । ‘मसँग ड्राइभिङ अनुमति पत्र लगायत सबै काजगात भए पनि अवैध रुपमा वसेको कारण कागजातले काम दिएन’ उनले भने ‘अहिले त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्ति बापतको जरिवाना भरेको छ, त्यो तिर्न नसक्दा विगत डेढ वर्ष देखि जेलमै रहेको छु’
पहिले ठूलो जेलमा थिए । तर अहिले सानो जेलमा स्थानान्तरण गरेको कारण आफू परिवारसँग सम्पर्कमा रहेको उनले बताए । उनका अनुसार आफू कहिले छुट्ने भन्नेमा टुंगो छैन । प्रहरीले जरिवाना रकम नतिरेसम्म छुट्दैनस् भनेका छन् । आफूले जेल वस्दा खाना र वस्न पाइरहेको उनले बताए । जेल परेपछि नेपाली राजदुतावास सँग पनि गरेको उनले बताए । मैले पनि सम्पर्क गरे । प्रहरी आफैले पनि राजदुतावासमा सम्पर्क राखेको थियो । राजदुतावाससँग आफूले सहयोग लागि अनुरोध गरेपनि सहयोग गर्न नसकिने कुरा बताएको उनको भनाई छ । उनी भन्छन्, ‘सरकारले मात्रै सहयोग गर्न सक्दैन । सामाजिक संघ संस्था र परिवार गुहार्नु’ । सहयोग जुटाएर आफै निस्कनु भन्ने जवाफ पाएको उनले बताए । यस्तो केशमा धेरै जना फस्ने गर्छन् । सबैलाई सहयोग गर्न साध्य छैन भनेको उनले दुखेसो पोखे । राजदुतावासको प्रतिनिधि सँग तीन पटक भेटघाट भएको उनले बताए ।
कार्कीको घर चौविसे गाउँपालिका वडा नं. ४ स्थित फलामेटारको तमोर किनारमा छ । उनको घरमा अहिले वुवा गणेशबहादुर कार्की र आमा दुर्गा कुमारी कार्की मात्रै वस्छन् । वुवा गणेश वहादुर शारिरीक रुपमा असक्त छन् । १५ वर्ष अघि लडेको कारण सामान्य तरिकाले हिडडुल गर्न सक्दैनन् । छोरा जेलमा परेको खवर सुनेदेखि भोक निन्द्रा हराएको दिनेशका आमा दुर्गाकुमारी कार्कीले बताइन् । एक वर्ष भन्दा वढी छोरासँग सम्पर्क थिएन । किन टाढियो भनेर मनमा सधै खुल्दुली भइरहन्थ्यो । पछि छिमेकी भाई महेन्द्र न्यौपानेले फोनमा कुरा गराइदिँदा सबै कुरा थाहा भयो । छोरा कतिबेला घर आइपुग्ला भन्ने प्रतिक्षामा रहेको उनले बताइन् । उनी भन्छिन् ‘आर्थिक अवस्था कमजोर छ । त्यत्रो क्षतिपुर्ति तिर्न सक्ने आर्थिक अवस्था छैन । विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सरकारले गरेको छ भन्ने सुनेको थिए । हाम्रो छोराको पनि उद्धारमा सरकारले सहयोग गरिदिन्छ भन्ने आशमा छौं’

कार्कीका तीन दाजु भाई मध्ये दुई वर्ष अघि जेठा दाई र १ महिना अघि माइला दाई वैदेशिक रोजगारका लागि विदेश गएका छन् । घर सहित १५ रोपनी जग्गा छ । उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ । कार्की परिवारको तीन छोरा मध्ये साउदी जेलमा रहेका दिनेश कान्छा छोरा हुन् । उनका परिवार आर्थिक रुपमा विपन्न रहेको छिमेकी महेन्द्र न्यौपानेले बताए ।

यता समाजसेवी महेन्द्र न्यौपानेले दिनेशलाई छुटाउन नेपाली राजदुतावास मार्फत कुटनीतिक पहलसँगै आर्थिक सहयोग जुटिरहेको बताए । देश तथा विदेशमा रहेका नेपाली दाजुभाईले दिनेशलाई छुटाउन आर्थिक सहयोग गरिरहेका छन् । दिनेशको आमा दुर्गाकुमार कार्कीको नाममा माछापुच्छ«े वैंक धनकुटा शाखामा खाता खोलिएको छ । उक्त खातामा हालसम्म ५ लाख ५ हजार सहयोग रकम जम्मा भइसकेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एमाले सचिवालय सदस्य रायमाझीद्वारा पाटी परित्यागको घोषणा

Next Post

साउदीकाे जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Next Post
साउदीकाे जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

साउदीकाे जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..