मुढेशनिश्चरे l दोस्रो धर्मदेवी मेयर कपको उपाधी धनकुटा नगरपालिकाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा सुन्दरहरैचा नगरपालिका माेरङलाई पेनााल्टी सुटआउटमा पराजित गर्दै धनकुटा नगरपालिका उपाधी हात पारेको हो ।
निर्धारित समयभरि दुवै टीमबाट गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा धनकुटाले ४ र सुन्दरहरैचाले २ गोल गरेका थिए ।
उपाधीसँगै धनकुटा नगरपालिकाले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी हात पार्यो भने । उपविजेता सुन्दरहरैचाले ७५ हजार ५ सय ७५ नगद सहित ट्रफीमा चित्त बुझायो ।
प्रतियोगितामा १२ टीमको सहभागिता थियो । हरेक टीमलाई सहभागिता बापत १५ हजार, सेमिफाइनल पुग्ने टीमलाई नगद २५ हजार रुपैया उपलब्ध गराइएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच धनकुटाका इनाम तामाङ घोषित भए । त्यस्तै उत्कृष्ट गोलकिपर नितेश गौतम (धनकुटा ), उत्कृष्ट डिफेन्डर (आशिस बन (सुन्दर हरैचा), उत्कृष्ट मिडफिल्डर- कमल खवास (सुन्दर हरैचा), सर्बाधिक गोलकर्ता – दिपेन शाक्य (धनकुटा) र सुदिप खड्का (सुन्दर हरैचा), प्लेयर अफ दि टुर्नामेन्ट – दिवस गुरुङ(सुन्दर हरैचा) भए । विधागत रुपमा उत्कृष्ट भएका खेलाडीले जनही नगद ५ हजार रुपैया प्रदान गरिएको थियो ।
विजेता टिमलाई धर्मदेवी नगरपालिका नगर प्रमुख उदयचन्द्र पौडेल, उपप्रमुख तारा महत, पूर्वउपप्रमुख शोभा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनाल र नगर खेलकुद विकास समिति अध्यक्ष माधव सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।