धनकुटा । प्रदेश नं. १ प्रदेशसभा सदस्य ईन्दिरा थापाले धनकुटा सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरेकी छिन् । जनताको गुनासो संकलन गरि प्रदेश सरकार मार्फत समाधान गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरेको प्रदेश सभा सदस्य इन्दिरा थापाले बताइन् । उनले विहिवार दिउँसो एक कार्यक्रमका वीच कार्यालयको उद्घाटन गरिन् । कार्यालयमा एक जना कर्मचारी राखेर जनताको गुनासो संकलन गरिनेछ । जनताकाे गुनासाेलाई प्रदेश सभाको वैठकमा राख्ने उनले बताइन् ।