धनकुटा । मुलुककै जेठो मध्येको एक धनकुटा नगरपालिका वडा नं १० स्थित उत्तरपानी प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ३५ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा शिक्षालयले बिभिन्न खेलकुद कार्यक्रम, बिभिन्न ब्याक्तिहरुलाई सम्मान गरि स्थापना दिबस मनाएको हो । शिक्षालयका बिद्यार्थी बिच फुटबल भलिवल, हाजिरी जवाफ, म्युजिकल चेयर लगायतको खेल खेलाएको हो । त्यस्तै सर्बोकृष्ट नजिता ल्याउने बिद्यार्थीलाई सम्मान, शिक्षालयका पुर्ब कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मनमोहन प्राबिधिक बिश्व बिद्यालयका उपकुलपति सुवास श्री पोख्रेलले शिक्षालयमा थप माथिल्लो तहका कक्षा सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यो शिक्षालय मुलुककै जेठो शिक्षालय मध्येको एक हो । कृषि तथा भेटेरीनरी अन्तरगतका बिभिन्न कोर्ष पठाईहुदै आएको शिक्षालय प्रमुख शंखरदेव कोइरालाले जानकारी दिए । २०३८ सालमा तत्कालीन् वेलायत सरकारको सहयोगमा यसको संरचनाको काम सुरु भएपनि २०४३ सालवाट पठनपाठन कार्य सुरु भएको थियो ।