विराटनगर । काेशी प्रदेश नामकरण भएपछि प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अब बिहीबार सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् । काेशी प्रदेशको साविक नाम प्रदेश नं १ थियो ।