विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश भएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकले दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नाम पारित गरेको हो । कोशी प्रदेशको नाम राख्न नेकपा एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गरेका थिए ।
उनको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ परेको थियो भने । विपक्षमा चार मत मात्रै पर्यो । ६ जना प्रदेश सांसद अनुपस्थित भए । कोशी प्रदेश नामकरणको विषयमा कांग्रेस र एमाले एकमत भएका थिए । राप्रपाले पनि कोशीलाइ समर्थन गरेको थियो । यसअघि नाम संशोधनका लागि दिइएको दुई घण्टाको समयमा कमलप्रसाद जबेगु र राजेन्द्र राईले संशोधन दर्ता गरेका थिए । पहिचानको आधारमा नाम राख्नुपर्ने मागसहित प्रदेशसभामा राईले किराँत–लिम्बुवान–सगरमाथा नाम दर्ता गराएका थिए । त्यो प्रस्तावमाथि उनले संशोधन हालेका थिए । सगरमाथाको ठाउँमा राईले कोशी राखेर संशोधन प्रस्ताव दर्ता गराएका थिए ।