• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप सुरु, उद्घाटन खेलमा रारा फुटवल क्लव र धरान सिटीको जित

Dhankuta News by Dhankuta News
२०७९, २४ फाल्गुन बुधबार २१:३८
0
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter
जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप सुरु, उद्घाटन खेलमा रारा फुटवल क्लव र धरान सिटीको जित

साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजारमा जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता सुरु भएको छ । डाँडाबजार फुटवल क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र स्वर्गीय जंगवहादुर थापाकी धर्मपत्नी हस्तमाया थापाले संयुक्त रुपमा रेफ्री मिलन थेगिमलाई फुटवल हस्तान्तरण गरे प्रतियोगिता उद्घाटन गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष जितेन्द्र राईले राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर गाउँपालिकाले खेलक्षेत्रलाई विशेक्ष प्राथमिकताका साथ अगाडि बढाएको बताए । उनले फुटवल खेलबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न स्थानीय यूवाहरु तथा पालिका भित्र हुने प्रतियोगितामा गाउँपालिकाले सहयोग गरिरहेको बताए । जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप पालिकाको मात्रै नभएर जिल्लाकै उत्कृष्ट मध्येको एक प्रतियोगिता भएको उनको भनाई छ । प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन गाउँपालिका र वडाले गरेको आर्थिक सहयोगमा आगामी दिनमा थप वृद्धि गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । त्यस्तै साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बुले डाँडाबजार गोल्डकपले खेलकुदको माध्यमबाट यस क्षेत्रलाई चिनाउन सहयोग पु¥याएको बताए ।

प्रतियोगिताको पहिलो दिन दुई वटा खेल सम्पन्न भए । उद्घाटन खेलमा साँगुरीगढी–११ फुटवल क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै रारा फुटवल क्लव, राजारानी सेमिफाइनलमा प्रवेश गरेको छ । राराको जितमा विरेन चेम्जोङले २ गोल गरे । साँगुरीगढीको लागि सान्त्वना गोल सलिन राईले गरेका थिए । राराको जीतमा दुई गोल गर्ने विरेन खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई ५ नं.वडाका वडाध्यक्ष खड्ग लिम्बुलाई नगद दुई हजार रुपैया प्रदान गरे ।

त्यस्तै दोस्रो खेलमा धरान सिटी फुटवल क्लवले कुसुमे साइनिङ क्लव केरावारी मोरङलाई शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्यो । धरान सिटीको जितमा निमा शेर्पा र विवेक राईले एक÷एक गोल गरे । उक्त खेलको म्यान अफ म्यान धरान सिटीका सुरज विके घोषित भए । उनलाई सप्तकोशी विकास वैंक डाँडाबजार शाखाका म्यानेजर रकेट राईले नगद दुई हजार प्रदान गरे ।

प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लव सहित कोशी प्रदेशका विभिन्न ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र ट्रफी र उपविजेता टिमलाई नगद ७५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै विधागत रुपमा उत्कष्ृट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक डाँडा बजार फुटवल क्लवका अध्यक्ष राजकुमार लिम्बुले बताए ।

अघिल्लो वर्ष गोल्डकपको प्रथम संस्करण भएको थियो । उक्त संस्करणको विजेता आयोजक डाँडाबजार फुटवल क्लव नै भएको थियो ।
डाँडाबजार फुटवल क्लवको आयोजनामा संचालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन् । त्यस्तै ५ नं. वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग गरेको छ । प्रतियोगिताको फाइनल खेल आगामी २७ गते हुँदैछ । फाइनल खेलको दिन चर्चित गायिका इन्दिरा जोशीको समेत साँगितिक प्रस्तुति हुने बताइएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

Next Post

साँगुरीगढी गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन

Next Post
साँगुरीगढी गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन

साँगुरीगढी गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..