धनकुटा । धनकुटा सेवा समाजको छैठौ महाधिवेशनले परदेश राईको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनले राईको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । राईको नेतृत्वमा रहेको पुराना कार्यसमितले पून निरन्तरता पाएको छ । नव कार्यसमिति गठन गरी बधाई तथा कार्यकालको शुभकामना दिदै आगामी दिन अझ राम्रो गर्दै जाने सस्थाका बरिष्ठ उपध्यक्ष कुमार भट्टराईले बताए ।
धनकुटा सेवा समाजलाई ठुलो योगदान दिदै आएका प्रमुख अतिथि तथा संरक्षक गीता राईको उपस्थितिमा महाधिवेशन भएको हो । उनले कार्यसमितिका पदाधिकारीहरुलाई सफत ग्रहण गराउँदै आगामी दिनहरुमा विगतमा जस्तै सहयोग गर्ने बताए ।
दक्षिण कोरियामा रहेका धनकुटेलीहरु संगठित भई सन् २००९ मा यो सस्था गठन गरिएको थियो । संस्थाले कोरियामा समस्यामा परेका नेपालीलाई सेल्टर घर निर्माण गरि सहयोग गदै आएको छ । त्यस्तै धनकुटामा भुकम्प तथा कोरोना कालमा धनकुटा सहित देशका बिभिन्न भागमा सहयोग गदै आएको अध्यक्ष राईले बताए ।