धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ खोरखोलेस्थित सीतादेवी माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गर्दै ३४ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयलाई आर्थिक, भौतिक तथा जनश्रमदान मार्फत सहयोग गर्ने ४ जना लाई अभिभावकलाई सम्मान गरिएको थियो । सम्मानित हुने अभिभावकहरुमा धनवहादुर लिम्बु, लाखबहादुर लिम्बु, पदमवहादुर लिम्बु र मदनकुमार लिम्बु रहेका छन् । विद्यालयको तर्फबाट उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले सम्मान पत्र प्रदान गरेका थिए ।
त्यस्तै विद्यालयका शिक्षक गोपाल भण्डारी र लंखिम राईलाई शिक्षक प्रोत्साहन बापत पुरस्कृत गरिएको थियो ।
वाषिकोत्सवको अवसरमा निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरुवीच हिसाव दौड प्रतियोगिता, कक्षा १ देखि ३ कक्षा सम्मका विद्यार्थीहरु वीच शब्द लेखन प्रतियोगिता र शिशु देखि कक्षा १ सम्मका विद्यार्थीहरु वीच अंक लेखन प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगिताहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरियो ।
कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकारको पहिलो प्राथमिकतामा शिक्षामा गुणस्तर ल्याउने र प्रविधिमैत्री शिक्षामा जोड रहेको बताए । उनले सोही अनुरुप गाउँपालिकाले अहिले लगानी गरिरहेको समेत बताए ।
वार्षिकत्सव कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष धनवहादुर लिम्बुले गरेका थिए । भने कार्यक्रमको संचालन शिक्षक शंकर पोखरेलले र स्वागत मन्तव्य शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णवहादुर राईले राखेका थिए ।
वि.सं. २०४६ फागुन २७ गते स्थापना भएको विद्यालयमा हाल १ सय ५० भन्दा वढी विद्यार्थी अध्ययनरत छन् । अहिले यस विद्यालयमा शिशु देखि कक्षा १० सम्म पढाई हुन्छ ।