धनकुटा । साँगुुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजारमा जारि जंगवहादुर थापा स्मृति दोस्रो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता फाइनलमा आयोजक डाँडाबजार फुटवल क्लव र रारा फुटवल क्लव राजारानी फाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार सम्पन्न सेमिफाइनल खेलमा पंचायन एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै रारा फुटवल क्लव राजारानी र धरान सिटीलाई ५–१ गोलअन्तरले पराजित गर्दै डाँडाबजार फुटवल क्लव फाइनलमा प्रवेश गरेका हुन् ।
उपाधीका लागि रारा फुटवल क्लव र डाँडा बजार फुटवल क्लव वीच शनिवार प्रतिस्पर्धा हुनेछ ।
शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेल पंचायन र रारा फुटवल क्लव वीच भएको थियो । खेलको पहिलो हाफको ७ औं मिनेटमा सन्दिप लिम्बुले गोल गर्दै पंचायनलाई अग्रता दिलाए । दोस्रो हाफको १५ मिनेटमा राराका शैलेन्द्र नेपालले गोल गर्दै खेल वरावराीमा ल्याए । २९ औं मिनेटमा सरोज लंकान्द्रीले गोल गर्दै राराको जीत सुनिश्चि गरे र उक्त खेलको म्यान अफ द म्याच सरोज लकान्द्री हुँदै नगद दुई हजार प्राप्त गरे ।
दोस्रो सेमिफाइनल खेल डाँडा बजार फुटवल क्लव र धरान सिटी क्लव वीच भएको थियो । जसमा डाँडाबजार ५–१ फराकिलो गोलअन्तरले विजयी वन्यो । एक पक्षीय खेलमा पहिलो हाफको २६ औं मिनेटमा डाँडाबजारका इन्सन राईले गोल गर्दै सुरुवाती अग्रता दिलाए । दोस्रो गोल ३० औं मिनेटमा धरान सिटीले आत्माघाती गोल गर्यो । ३७ औं मिनेटमा डाँडाबजारका रोशन भूजेलले गोल गरे । दोस्रो हाफको ११ औं मिनेटमा धरानका मदन ल्वागुनले गोल गरे । डाँडाका विपिन लिम्बुले दोस्रो हाफको १३ औं मिनेट गोल गरे । त्यस्तै इन्सन राईले १७ औं मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच इन्सन राईले घोषित भए । उनले नगद दुई हजार प्राप्त गरे ।
प्रतियोगितामा आयोजक डाँडाबजार फुटवल क्लव सहित कोशी प्रदेशका विभिन्न ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र ट्रफी र उपविजेता टिमलाई नगद ७५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै विधागत रुपमा उत्कष्ृट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
डाँडाबजार फुटवल क्लवको आयोजनामा संचालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन् । त्यस्तै ५ नं. वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग गरेको छ । प्रतियोगिताको फाइनल खेल आगामी २७ गते शनिवार हुँदैछ ।