धनकुटा । कोशी पहाडी जिल्लामा असिना सहित वर्षा वभएको । वुधवार दिउँसो देखि धनकुटा सहित कोशी पहाडका तेह्रथुम, संखुवासभा र भोजपुरमा असिना सहित वर्षा भएको हो । लामो समय देखिको खडेरी प्रश्चात वर्षा हुँदा किसान हर्षित भएका छन् । तर असिना सहितको वर्षाले जिल्लाको उच्च पहाडी क्षेत्रमा भने किसानले लगाएको तरकारी वालीमा क्षति पुगेको किसानको भनाई छ । असोज यता धनकुटामा वर्षा भएको थिएन । फागुन महिना जिल्लाको केही स्थानमा छिटपुट वर्षा भएपनि अधिकांश क्षेत्रमा भएको थिएन । वर्षा नहुँदा जिल्लाको सामुदायिक वनमा डढेलो लाग्ने घटना वढेको थियो । वर्षापछि डढेलोको घटना न्यूनिकरण हुनेमा स्थानीय आशावादी छन् ।
