• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

महालक्ष्मी न.पा.मा संचालित यूएनडिपिको कृषि कार्यक्रम निरन्तरताको माग

Dhankuta News by Dhankuta News
२०७९, २ चैत्र बिहीबार ०९:०७
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter
महालक्ष्मी न.पा.मा संचालित यूएनडिपिको कृषि कार्यक्रम निरन्तरताको माग

धनकुटा l जिल्लाको महालक्ष्मी नगरपालिकामा युएनडिपिको सहयोग र पर्डेप नेपालसंगको सहकार्यमा संचालनमा रहेको कृषि कार्यक्रम आगामी वर्ष पनि निरन्तरताको लागि स्थानिय किसानहरुले माग गरेका छन् ।

पर्डेप नेपालको आयोजनामा वुधवार महालक्ष्मी नगरपालिकाको लेगुवा वजारमा सम्पन्न संचालित परियोजनाको वार्षिक समिक्षा गोष्ठीमा सहभागी स्थानिय किसानहरुले कृषि कार्यक्रम प्रभावकारी रहेको भन्दै यस्तो माग गरेका हुन् ।

यूएनडिपिको सहयोगमा कृषि कृयाकलाप मार्फत किसानको आर्थिक समृद्धि गराउने उदेश्यले कोभिड पछिको पुनर्उत्थान विशेष कार्यक्रम संचालन गरिएको पर्डेप नेपाल धनकुटाका निर्देशक मिन सुवेदीले वताए । उनले १ वर्ष देखि महालक्ष्मी नगरपालिकाको वडा नं.२,३,४,५ र ६ नम्वर वडामा पर्डेप नेपालले संचालन गरेको कार्यक्रमको सरोकारवालाहरुलाई वोलाएर रिभ्यू कार्याशाला गोष्ठी गरिएको स्पष्ट पारे । उनले ०७८ चैत्र २ गते देखि संचालन भएको परियोजनाको कुल लागत महालक्ष्मी नगरपालिकाको साझेदारीमा जम्मा २ करोड, ८२ हजारको हाराहारीमा रहेको बताए । उनले परियोजना सम्पन्न गर्नको लागि यूएनडिपिको १ करोड, ३२ हजार अनुदान र महालक्ष्मी नगरपालिकाको १ करोड, ५० हजार लगानी रहेको बताए । पर्डेप नेपाल र महालक्ष्मी नगरपालिकाको साझेदारमा संचालित कृषि कार्यक्रम अन्तर्गत माथि उल्लेखित वडाहरुमा तरकारी खेतीको लागि ५ सय २६ घरधुरीमा टनेल घर निर्माण गरिएको छ । प्रति टनेल घर २ हजार, ९ सय ९४ रुपयाँको लागतमा निर्माण गरिएको जानकारी निर्देशक सुवेदीले दिएका छन् ।
त्यसैगरी हाईटेक भिजिटेवल फार्मिङ १२ वटा प्रति गोटा १ लाखको दरले निर्माण गरिएको छ । त्यसैगरी आँप खेती ४५ घरधुरी, जि नाईन प्रजातीको केरा खेती ९९ घरधुरी र आलु खेती ५३ घरधुरीमा संचालन गरिएको छ । त्यसैगरी गाईपालन, च्यापकटर वितरण, होम वायोग्याँस प्लान, सामाजिक विषय व्यवस्थापन प्राविधिक तालिम र साना सिचाँईको लागि पाईप वितरण र नमूना बाख्राको खोर निर्माण कार्यक्रम पनि संचालनमा रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले १ वर्षको अवधीमा संचालित कार्यक्रमहरु किसानको लागि आयआर्जनको पाटोमा प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । वार्षिक समिक्षा गोष्ठीमा वोल्दै महालक्ष्मी नगरका निवर्तमान प्रमुख पर्शुराम नेपालले केरा खेतीको लागि किसानहरुको अत्याधिक माग आएको वताए । उनले लामो समय देखि वाँझिएको खाली जमिनमा किसानले केरा खेती लगाएकाले पनि प्रभावकारी भएको वताए । १ वर्ष देखि संचालनमा रहेको यूएनडिपिसंगको नगरपालिकाको कार्यक्रम प्रभावकारी रहेको औल्याउँदै अनुगमनको पाटो राम्रो वनाउनु पर्नेमा जोड दिए । उनले कार्यक्रमलाई प्रभावकारी वनाउन संचालित वडाहरुमा कृषकहरुको क्षमता विकासको लागि नेटवर्क वनाउनु पर्नेमा जोड दिए ।

नगर प्रमुख ध्रुर्व रायाले संचालित कार्यक्रमको लागि सम्झौता अनुसार नगरपालिकाले आफ्नो जिम्मेवारी पुरा गर्दै आएको वताएका छन् । उनले आगामी आर्थिक वर्ष पर्डेप नेपाल मार्फत यूएनडिपिसंगको सहकार्य र साझेदारीमा थप कार्यक्रम संचालन गर्ने बताए । उनले आगामी आर्थिक वर्षको लागि कृषि कार्यक्रम संचालन गर्न ७५ लाख रुपयाँ विनियोजन गरिएको पनि स्पष्ट पारे । कृषकको जीवन स्तर व्यवसायिक र आधुनिक कृषि प्रविधिबाट माथि उठाउँन नयाँ सोँचका साथ नगरले कार्यक्रम अघि वढाउने नगर प्रमुख रायले बताए ।
कार्यक्रममा वोल्दै महालक्ष्मी नगरपालिका वडा नंं.५ का वडाध्यक्ष सन्त वहादुर कुँवरले कृषकलाई राहात हुने गरी प्रभावकारी ढंगले यथार्थ झल्किने गरी कार्यक्रम आउनु पर्नेमा जोड दिए । कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले कार्यक्रमले किसानलाई सहयोग पुगेको आफूले अनुगमनको क्रममा पाएको वताए । उनले भने–‘आगामी दिनमा पनि यो कार्यक्रमले निरन्तरता पाए किसानलाई फाइदा हुनेछ ।’

कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं.३ का किसान देवी वहादुर कार्कीले गाई भैसी नभई मल हुँदैन, मल मात्र भएर पनि भएन, विउविजन चाँहियो भन्दै सोही अनुसारका कार्यक्रम आफूहरुलाई आवश्याक रहेको औल्याए । त्यसैगरी महालक्ष्मी न.पा.४ का अर्का किसान नगेन्द्र पौडेल लगायतले यूएनडिपिसंगको कार्यक्रमको निरन्तरताको लागि आवश्याक पहल गर्न नगरपालिकालाई अनुरोध गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चौविसे र साँगुरीगढीका वडाहरुमा कांग्रेसको भेटघाट कार्यक्रम

Next Post

तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधिहरु…

Next Post
तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधिहरु…

तनाव व्यवस्थापन गर्ने प्रभावकारी विधिहरु…

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..