धनकुटा । नेपाली कांग्रेस धनकुटाले पाख्रिवास नगरपालिका वडा नं. ५ घोर्लिखकमा नेपाली कांग्रेसका नेता तथा वडा नं. ५ का वडाध्यक्ष महेश राईको आमा धनमाया राईको हालै निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै समवेदना पत्र दिएको छ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिलबहादुर थापा, जिल्ला सभापति दिनेश राई, पाख्रिवास नगरपालिका नगर प्रमुख ज्ञानबहादुर गुरुङ, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, युवा नेता सिद्धार्थ थापा, जिल्ला सदस्यहरु अम्विका धमला, मिनवहादुर कार्की, पूर्वमहासमिति सदस्य असित नर सिंह थापा, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, नेपाल तरुण दल धनकुटाका अध्यक्ष युवराज पराजुली, वडा नं. ४ का वडाध्यक्ष सन्तोष मानन्धर, वडासभापति श्याम प्रकाश राई, क्षेत्रीय प्रतिनिधि गंगा गुरुङ लगायतले स्वर्गीय धनमाया राई प्रति श्रद्धाञ्जली अर्पण गर्दै वडाध्यक्ष महेश राई लगायत शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेका थिए । सो अवसरमा परिवारजनमा समवेदना पत्र प्रदान गरिएको थियो ।