धनकुटा । नेपाली कांग्रेस धनकुटाले पाख्रिवास र घोर्लिर्खकमा नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरेको छ ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापा, जिल्ला सभापति दिनेश राई, पाख्रिवास नगरपालिकाका मेयर ज्ञान वहादुर गुरुङ, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, युवा नेता सिद्धार्थ थापा, जिल्ला सदस्यहरु अम्विका धमला, मिनवहादुर कार्की, पूर्वमहासमिति सदस्य असित नर सिंह थापा, नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, नेपाल तरुण दल धनकुटाका अध्यक्ष युवराज पराजुली लगायतले घोर्लिखर्क र पाख्रिवासमा नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गरी छलफल गरेका थिए ।
सो अवसरमा वडा नं. ४ का वडाध्यक्ष सन्तोष मानन्धर, वडासभापति श्यामप्रकाश राई, क्षेत्रिय प्रतिनिधि गंगा गुरुङ, वडा नं. ५ का वडाध्यक्ष महेश राई लगायतका नेता तथा कार्यकर्ताहरुले विकास निर्माण संर्गै संगठन विस्तारमा अव क्रियाशील हुनु पर्नेमा जोड दिएका थिए ।
गाउँगाउँमा नेताहरु पुगेर भेटघाट तथा छलफल गदै जनताको भावना र चाहना बुझ्न थालेपछि नेपाली कांग्रेस धनकुटाका गाउँगाउँका नेता तथा कार्यकर्ताहरु सक्रिय हुन थालेका छन् । यसअघि नेपाली कांग्रेस धनकुटाले धनकुटाको साँगुरीगढीको र चौविसेको केही वडाहरुमा भेटघात तथा छलफल कार्यक्रम गरेको थियो ।