धनकुटा । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्तरीय दोस्रो चौमासिक समीक्षा सोमबार सुरु भएको छ। आर्थिक वर्ष २०७८/०७९ को समग्र समिक्षा र आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित बजेट योजना कार्यक्रमको दोस्रो चौमासिक समिक्षा सुरु भएको हो ।
समिक्षा कार्यक्रमको पहिलो दिन जिल्लाका विषयगत कार्यालय र संघ संस्थाले गरेका कामको बारेमा प्रस्तुतिकरण राखेका थिए । क्रम मंगलबारसम्म जारी रहने छ। स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकारको सहभागितामा समीक्षा कार्यक्रम भइरहेको हो ।
कार्यक्रममा विषयगत कार्यालयले गरेका काम, काम गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती भइरहेको जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको समिक्षा कार्यक्रम प्रदेश सभा सदस्य इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा धनकुटाका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका सरकारी कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले दोस्रो चौमासिकमा सञ्चालन गरेका योजनाका समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।