धनकुटा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनकुटाको साेमवार सम्पन्न जिल्ला बैठकले चैत्र ११ गते वडा सम्मेलन, वैशाख दोस्रो सातामा पालिकाहरुको सम्मेलन र वैशाख तेस्रो साता क्षेत्र र जिल्ला सम्मेलन गर्ने त्यसमा महामन्त्री गगन थापाले उद्घाटन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न भएको बैठकले महामन्त्री गगन थापाले जिल्ला सम्मेलनको समुद्घाटन गर्ने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेस धनकुटाको उक्त बैठकले आगामी चैत्र ११ गते एकै दिन धनकुटाका ६० वटै वडाहरुमा वडा सम्मेलन गर्ने, २०८० बैसाख ९ गते एकै दिन सात वटै पालिकाहरुको पालिका सम्मेलन गर्ने ,वैशाख १६ गते प्रदेश सभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन क्षेत्र नं. १ को र क्षेत्र नं. २ को बैसाख १८ गते क्षेत्रिय सम्मेलन गर्ने निर्णय भएको सहचिव रोशन श्रेष्ठले वताए ।
यसैगरी बैशाख २३ गते जिल्ला सदुरमुकाम धनकुटामा भव्य रुपमा जिल्ला सम्मेलनको समुद्घाटन महामन्त्री गगन कुमार थापाले गर्नु हुने निर्णय भएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक ६/६ महिनामा वडा सम्मेलन र पालिका, क्षेत्र र जिल्ला सम्मेलन एक/एक वर्षमा गर्ने व्यवस्था भएकोले वडा तहदेखि जिल्ला सम्मेलन गर्न लागिएको जिल्ला सभापति दिनेश राईले वताए । वडा तथा पालिका सम्मेलनमा सवै वडाका क्रियाशिल सदस्यहरु, जननिर्वाचित प्रतिनिधिहरु, भातृसंस्था तथा शुभेच्छुक संस्थाहरुलाई अनिवार्य उपस्थित गराई पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागी छलफल गर्ने विकास निर्माण लगायत अन्य विषयमा छलफल गर्ने निर्वाचनको समेत समिक्षा गर्न र जनप्रतिनिधिहरुले गरिरहेको कामको विषयमा समेत छलफल र समिक्षा गर्न निर्देशन दिएको नेपाली काग्रेस धनकुटका अर्का जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताए ।
यसैगरी क्षेत्र र जिल्ला सम्मेलनमा सवै क्षेत्रीय प्रतिनिधिहरु, भातृसंस्था र शुभेच्छुक संस्थाका क्षेत्र र जिल्ला कार्य समितिलाई अनिवार्य सहभागीता गराउने निर्णय भएको पाटी प्रवक्ता खगेन्द्र घिमिरेले वताए । नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलनमा पूर्वजिल्ला सभापतिहरु र अग्रज तथा ज्येष्ठ कांग्रेसहरुलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ ।