धनकुटा । नेपाल शिक्षक संघ काेशी प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल शिक्षक संघ कोशी प्रदेश कार्य समितिको प्रादेशिक अधिवेशन भोली चैत्र ९ गते विहिवार देखि विराटनगरको अतिथि सदनमा सुरु हुँदैछ । उक्त अधिवेशनमा प्रदेश अध्यक्षको लागि धनकुटाका ढुंगानाले उम्मेदवारी घोषणा गरेका हुन् ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढुंगाना लामो समय देखि शिक्षण पेशामा संलग्न छन् । उनी हाल धनकुटा सदरमुकाम स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा कार्यरत छन् । ढुंगाना नेपाल शिक्षक संघ धनकुटाको दुई पटक अध्यक्ष भई काम गरिसकेका छन् ।
शैक्षिक मुद्दा तथा शिक्षकको पेशागत हकहित प्राप्तिका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको ढुंगानाले बताए ।
उनले तीन वटा विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।