• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

Dhankuta News by Dhankuta News
२०७९, ८ चैत्र बुधबार २२:५९
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

धनकुटा । साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना तर्जुमा कार्यका लागि पूर्वतयारी कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । गाउँपालिकाको आयोजना तथा सिभिल ओयसिस इन्जिनियरिङ प्रालि काठमाडौंको प्राविधिक सहयोगमा वुधवार गाउँपालिकाको सभाहलमा गोष्ठिको आयोजना गरिएको हो ।

कोशी प्रदेशकै नमूना र उत्कृष्ट गाउँपालिकाको रुपमा चिनाउने उद्देश्यका साथ सुरु भएको आवधिक योजना तर्जुमा गर्ने काम आगामी २०८० सालको जेठसम्म चल्नेछ । कार्यक्रममा दिइएको जानकारी अनुसार गाउँपालिकाको आर्थिक समृद्धि, पूर्वाधार विकास, सामााजिक विकास, शैक्षिक विकास एवम् पर्यटकीय विकासको आधार विन्दुको रुपमा रहेको यस आवाधिक योजनाले पालिका कस्तो बनाउने भन्ने ऐनाको रुपमा काम गर्नेछ ।

अध्ययनको कार्यदलमा भूगोलविद् डा. भागवत रिमाल प्रमुख रहेका छन् । आवाधिक योजना निर्माणका लागि चैत्र १६ देखि २० गतेसम्म पालिकाभरिका सबै वडाहरुमा वडा भेलाको आयोजना समेत गरिनेछ ।

 

 

 

कार्यक्रममा वोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सुशासनमा हालसम्म आवधिक योजना नबन्दा लक्ष्य प्राप्त गर्न नसकेको र अव योजना बनेपछि काम गर्न मार्गनिर्देश मिल्ने बताए । उनले आवाधिक विकास योजना (पिडिपी) नहुँदा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा १ अंक पाउनबाट बञ्चित थियौं । अव पिडिपी बन्ने वित्तिकै उक्त अंक प्राप्त हुने बताए ।

उनले यो काम निर्वाचित जनप्रतिनिधिको मात्र काम होइन । यहाँका सबै गाउँवासी यसमा सहभागी हुनुपर्ने बताए । अध्यक्ष राईले आवाधिक विकास योजना पाँच वर्षको लागि वन्ने हो । तर हामी चार वर्ष मात्रै पालिकामा रहन्छौं । तर योजना पाँच वर्षकै हुन्छ । ५ वर्षमा पाँच किलोमिटर कालोपत्रे बनाउने हो भने त्यसको बजेट र श्रोत (दातृ निकाय) को निक्यौल गर्न आवश्यक रहेको बताए ।
उनले हामी जनप्रतिनिधि पालिकालाई नमुना र समृद्धि बनाउने अभियानमा छौं । यसलाई सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले प्राविधिक सहयोगी सिभिल ओयसिस इन्जिनियरिङ प्रालिलाई वडा भेलामा सबै राजनैतिक दल, वुद्धिजीवि, जनप्रतिनिधि, क्लव, यूवा, पर्यटन, उद्योग, व्यवसायी लगायत सबैलाई सहभागी गराएर वडाको भिजन बनाई पालिकाको भिजनमा एकिकृत गर्न अनुरोध गरे । कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाई फेरि पनि जनताबाट अनुमोदित हुनका लागि जनतासँग नजिक रहेर काम गर्न अनुरोध गरे । उनले वडामा अत्यन्तै गहन र प्रभावकारी ढंगले छलफल गर्न सुझाव दिए । त्यस्तै विषयत शाखाका कर्मचारीहरुलाई आ–आफ्नो शाखाको समस्या र चुनौतीहरु टिपोट गरि सोही अनुसार सुझाव दिन निर्देशन गरे । आवाधिक विकास योजना अन्य पालिकाको तुलनामा उत्कृष्ट हुनुपर्ने कुरा राख्दै अध्यक्ष राईले भने ‘तपाई प्राज्ञहरुको टीमले हामीलाई सहयोग गर्नुहोस् । हामी पनि विज्ञ टिमलाई सहयोग गर्नेछौं । तपाईहरुले मिहिन ढंगले साँगुरीगढीको भूगोलको अध्ययन गर्नुहुनेछ । यस पालिकालाई नमूना बनाउन विज्ञ टोलीको ठूलो भूमिका हुनेछ ।’

कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष मुना राईले आवाधिक विकास योजना (पिडिपी) गाउँपालिकाको लागि अति आवश्यक रहेको बताइन् । उनले भनिन् ‘हामीले सपना देख्नु पर्छ । त्यो सपना भनेकै पिडिपी हो ।’ आवाधिक विकास योजनालाई यो प्रभावकारी रुपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले सबै गाउँवासीहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन् ।

उक्त गोष्ठिबाट आवाधिक विकास योजना निर्माण गर्नका लागि विभिन्न समिति गठन समेत गरिएको छ । गाउँपालिका अध्यक्ष जितेन्द्र राई संयोजक तथा उपाध्यक्ष मुना राई उपसंयोजक रहेको निर्देशन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा वालकृष्ण राई, योगेन्द्र इवाहाङ्ग, भलकमान राई, यमप्रकाश मगर, उर्मिला राई, प्रमुख प्रशासकीय अधिकृत मनोज ठाकुर, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु, लेखा अधिकृत हेमचन्द्र रोइला, सामाजिक विकास शाखा प्रमुख प्रज्वल पोखरेल, शिक्षा विकास शाखा प्रमुख गंगावहादुर कटुवाल, पूर्वाधार विकास शाखा प्रमुख दिपक राई, आर्थिक विकास शाखाका राजिवकुमार पाख्रिन, स्वास्थ्य शाखा प्रमुख गणेशकुमार यादव, पशु विकास शाखा प्रमुख खीरमाया राई, विज्ञ सदस्य कृष्ण ब्लोन, कृषि अभियन्ता जीवन राई, महिला व्यवसायी शारदा मगर र सदस्य–सचिवको रुपमा योजना तथा प्रशासन शाखा प्रमुख दोर्णवहादुर राई छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा हेमचन्द्र रोइला, प्रज्वल पोखरेल, गंगावहादुर कटुवाल, दिपक राई, राजीवकुमार पाख्रिन, गणेशकुमार यादव, खीरमाया राई र सदस्य–सचिव दोर्णबहादुर राई छन् ।

विषयगत समिति अन्र्तगत आर्थिक विकास उपसमितिको संयोजक वालकृष्ण राई र सदस्यमा टेकप्रसाद लिम्बु, जीतवहादुर राई र कृषि अभियन्ता जीवन राई रहेका छन् । त्यस्तै सामाजिक विकास उपसमितिको संयोजक योगेन्द्रकुमार इवाहाङ, सदस्यहरुमा हृदयप्रसाद राई, ज्योती राई र पूर्वशिक्षक रमेश इवाहाङ्ग छन् । पूर्वधार विकास उपसमितिको संयोजक भलकमान राई, सदस्यहरुमा यमप्रकाश मगर, खड्गवहादुर लिम्बु, निर्माण व्यवसायी भवानी चाम्लिङ्ग राई छन् । वातावरण तथा विपद् व्यवस्थापन उपसमितिको संयोजकमा यमप्रकाश मगर, सदस्यहरुमा पूर्णप्रसाद राई, गोविन्द लिम्बू, जगत राई छन् । शुसासन तथा संस्थागत विकास उपसमितिको संयोजकमा उर्मिला राई, सदस्यहरुमा निर्मला दर्जी, जीवनकुमार लिम्बू र वलवहादुर राई छन् ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर र संचालन योजना तथा प्रशासन शाखा प्रमुख दोर्णबहादुर राईले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

Next Post

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

Next Post
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..