• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

Dhankuta News by Dhankuta News
२०७९, ११ चैत्र शनिबार २१:०७
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकटा । धनकुटामा जारी कोशी प्रदेश स्तरीय तथा खुल्ला दोस्रो धनकुटा कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी पुरुष एकलतर्फ सुनसरीका सत्यम सुब्बा र महिला एकलतर्फ मोरङकी निता लम्सालले जितेका छन् ।

पुरुष एकलतर्फ विजेता वनेका सत्यम सुब्वा र महिलातर्फ विजेता वनेका निता लम्साल

धनकुटा–६ वहुउद्देश्यीय सामुदायिक भवनमा शनिवार सम्पन्न फाइनल खेलमा झापाका प्रनिश सिंह ठकुरीलाई फाइनल सेटमा पराजित गर्दै सुनसरीका सत्यमले उपाधी जितेका हुन् । उनले नगद २० हजार सहित मेडल र ट्रफी हात पारे भने उपविजेता भएका प्रनिशले नगद १२ हजार सहित मेडल र ट्रफीमा चित्त वुझाए । पहिलो सेटमा १९–२१ ले पराजित भएपनि दोस्रो सेट २१–१७ र फाइनल सेट २१–८ ले प्रनिशलाई पराजित गर्दै सत्यमले उपाधी जितेका थिए । पुरुष एकलतर्फ सेमिफाइनल पुगेका भोजपुरका विशाल तामाङ र झापाका नविन सिलवाल तेस्रो स्थान हात पार्दे नगद ८ हजार सहित मेडल र ट्रफी हात पारे ।
त्यस्तै महिला एकलतर्फ मोरङकी निता लम्सालले उदयपुरकी रोजी राईलाई २१–५, २१–१४ ले पराजित गर्दै उपाधी जितिन् । उनले नगद २० हजार रुपैया सहित ट्रफि र मेडल हात पारिन् । भने उपविजेता भएकी रोजीले नगद १२ हजार सहित ट्रफी र मेडलमा चित्त वुझाइन् । एकल महिला तर्फ सेमिफाइनल पुगेका धनकुटाका अरुणा तामाङ र झापाका अन्जना राईले तेस्रो स्थान प्राप्त गर्दै नगद ८ हजार सहित ट्रफी र मेडल हात पारे ।
प्रतियोगिताको पुरुष युगलतर्फको उपाधी सुनसरीका सत्यम सुब्बा र सुमन लिम्बूको जोडीले हात पारे । संखुवासभाका सृजल पोखरेल र

प्रविन लिङ्थेपको जोडीलाई २१–१०, २१–१७ ले पराजित गर्दै सत्यम र सुमनको जोडीले उपाधी हात पारेका हुन् । पुरुष युगलतर्फ विजेता जोडीले नगद ३० हजार सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद २० हजार सहित ट्रफी र मेडल हात पारे । त्यस्तै सेमिफाइनल पुगेका झापाका प्रनिश सिंह ठकुरी र नविन सिलवाल, लाक्पा शेर्पा र महेश खड्काको जोडी तेस्रो हुँदै नगद १० हजार सहित ट्रफी र मेडल हात पारे ।

मिक्स युगलतर्फको उपाधी प्रनिशसिंह ठकुरी र अनिता गिरीको जोडीले हात पारे । उनीहरुले सुनिल सिलवाल र अन्जना राईको जोडीलाई २१–१९, १९–२१ र २१–१६ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजेता जोडीले नगद २० हजार नगद सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद १२ सहित ट्रफी र मेडल प्राप्त गरे । त्यस्तै मिक्स युगलतर्फ सेमिफाइनल पुगेका विनय चौधरी र रोजी राईको जोडी, सत्यम सुब्बा र जोगिता लिम्बूको जोडीले तेस्रो प्राप्त गर्दै ४÷४ हजार सहित ट्रफी र मेडल प्राप्त गरे ।

मास्टर ५५ प्लस युगलतर्फ दिलवहादुर कन्दङ्वा कास्की र दानवहादुर तामाङ भोजपुरको जोडिलाई २१–११, २१–११ ले पराजित गर्दै वुद्धि चौधरी चितवन र विष्णुलाल श्रेष्ठ धादिङको जोडिले उपाधी जितेका छन् । उक्त विधातर्फ विजेता हुने जोडिले नगद २५ हजार सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद १५ सहित ट्रफी र मेडल हात पारे । सेमिफाइनल पुगेका इटहरीका देव तामाङ र शान्ता तामाङको जोडी, रमेश भट्टचन कास्की र दिपक राई उदयपुरको जोडीले तेस्रो स्थान प्राप्त गर्दै ५÷५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे ।

मास्टर ४५ प्लस युगलतर्फ धरानका लोकमान श्रेष्ठ र काठमाडौंका सञ्जय कपालीको जोडीले ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र आङ्वुहाङको जोडीलाई २१–१६ र २१–१३ ले पराजित गर्दै उपाधी जिते । विजेता हुने जोडिले नगद २५ हजार सहित ट्रफी र मेडल, उपविजेता जोडीले नगद १५ सहित ट्रफी र मेडल हात पारे । त्यस्तै सेमिफाइनल पुगेका पाँचथरका दिप आङ्देम्वे र इटहरीका श्याम लामाको जोडी, ललितपुरका पूर्णभक्त चित्रकार र मोरङका डिल्लीराम डाँगीको जोडी तेस्रो स्थान प्राप्त गर्दै ५÷५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे ।

समापन कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, धनकुटा जिल्ला ब्याडमिन्टन संघ धनकुटाका अध्यक्ष योगेश्वर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजक धनकुटा नगरपालिका, सहप्रायोजक छिन्ताङ घर भई हाल हङकङ निवासी बीरभक्त राई र सहकार्यको रुपमा प्रदेश खेलकुद विकास वोर्ड रहेको थियो । धनकुटा जिल्ला ब्याडमिन्टन संघ आयोजक रहेको प्रतियोगिता चार दिनसम्म चलेको थियो । प्रतियोगितामा प्रदेश भरिका ८२ टिमको सहभागिता रहेको थियो । खेलाडीहरुले ६ वटा विधामा प्रतिस्पर्धा गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

Next Post

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

Next Post
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..