धनकुटा । कोशी प्रदेशसभा सदस्य माननीय इन्दिरा थापाले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रमको अभियान सुरु गरेकी छिन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय वस्तु प्रदेश सभामा उठान गर्न सहज होस् भन्ने उद्देश्यले जनतासँग प्रत्यक्ष भेटघाट कार्यक्रम सुरु गरेको प्रदेश सभा सदस्य माननीय इन्दिरा थापाले बताइन् ।
उनले सहिदभूमि गाउँपालिका केन्द्र पिप्लेबाट कार्यक्रमको आयोजना गर्दै अभियानको सुरुवात गरेकी हुन् । जिल्लाको सवै स्थानीय तहमा कार्यक्रम आयोजना गर्ने उनले बताइन् । जनताले भनेका र उठाएको कुरालाई टिपोट गरि प्रदेश सभा वैठकमा राख्ने योजना रहेको उनको भनाई छ ।