धनकुटा । नेपाली कांग्रेसका महामन्त्री यूवा नेता गगन कुमार थापालाई नेपाली कांग्रेस धनकुटाले जिल्ला सम्मेलनको समुद्घाटनका लागि औपचारिक निमन्त्रणा गर्दै पार्टी संगठन विस्तार तथा सुदृढीकरणका लागी छलफल गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मलप्रसाद ओझा, जिल्ला सचिव विजय सन्तोषी राई, महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राया, विद्यार्थी नेता बिर्मशमान अमात्य लगायत धनकुटाका टोलीले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासंग भेटभघाट तथा छलफल गरी आगामी बैशाख २३ गते हुने नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन समुदघाटन गर्नका लागी धनकुटा आउनेका लागी निणन्त्रणा दिएको हो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाको टोलीले महामन्त्री थापासंग पार्टीसंगठन विस्तार र सुदृढीकरण गर्नका लागी र मुलुकको समसामयिक विषयमा छलफलसमेत गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सविच विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सो अवसरमा नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलनमा आफु जसरी भए पनि आउने वताउँदै अवको राजनीति पुस्तान्तरण र रुपान्तरणको चरणमा रहेको बताए । उनले अव नेपाली कांग्रेसले नयाँ ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्ने बताए ।
नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक एक/एक बर्षमा जिल्ला सम्मेलन गर्नु पर्ने व्यवस्था भए अनुरुप जिल्ला सम्मेलन गर्न लागेको धनकुटाका जिल्ला सभापति दिनेश राईले वताए ।