धनकुटा l नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलन आगामी वैशाख २६ गते हुने भएको छ । उक्त जिल्ला सम्मेलनको उद्घाटन महामन्त्री गगनकुमार थापाले गर्ने छन् ।
जिल्ला सम्मेलन बैशाख २३ गते गर्ने तयारी गरिएपनि प्राविधिक समस्याको कारण तीन दिन पछि सार्दै २६ गते आयोजना गर्ने नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईको अध्यक्षतामा वसेको पदाधिकारीको बैठकले निर्णय गरेको जिल्ला सचिव विजयसन्तोषी राईले बताए ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, संविधान सभा सदस्य लिला सुब्बा, उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिव विजय सन्तोषी राई, सचिव जयन्द्र घिसिङ्ग, सहसचिवद्वय रोशन श्रेष्ठ, गिरिजाप्रसाद दाहाल, कोषाध्यक्ष सरस्वती मगर, प्रवक्ता खगेन्द्र घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र न. ख का सभापति राजन पौडेल, नेपाली कांग्रेस धनकुटा नगर सभापति नरेश श्रेष्ठ, पाख्रिवास नगर सभापति प्रेम भण्डारी, नेपाल महिला संघका उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दल धनकुटाका अध्यक्ष यूवराज पराजुली लगायतले हरेक तहको कांग्रेसमा पुस्तान्तरण र रुपान्तरण हुनु अति आवाश्यक भएको वताए ।
उक्त बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत गर्न पार्टीका उपसभापति सुनिल डंगोलको संयोजकत्वमा बार्षिक कार्यक्रम निर्माण समिति, पार्टी सचिव विजय सन्तोषी राईको संयोजकत्वमा सांगठानिक प्रतिवेदन निर्माण समिति, अर्का सचिव जयन्द्र घिसिङ्गको संयोजकत्वमा राजनैतिक प्रतिवेदन निर्माण समिति र कोषाध्यक्ष सरस्वती मगरको संयोजकमा आर्थिक प्रतिवेदन निर्माण समिति गठन गरेको सहसचिव गिरिजा प्रसाद दाहालले वताए ।
नेपाली कांग्रेस धनकुटाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर-क को बैशाख १६ गते र २ को बैशाख १८ गते क्षेत्रीय सम्मेलनहरु हुने भएको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।