धनकुटा । समिर तामाङले उत्कृष्ट प्रर्दशन गर्दै दुई गोल गर्न सफल भएपछि सिराहाको सलहेश फुटवल क्लवले रारा गोल्डकपमा उदयपुरको गाईघाट फुटवल क्लवमाथि सहज जित हासिल गरेको छ ।
सोमवार राजारानी स्थित पुण्य माविको खेलमैदानमा सम्पन्न खेलमा गाईघाटमाथि ४–० गोलअन्तरले जित हासिल गर्दै सलहेश सेमिफाइनलमा प्रवेश गर्याे ।
सलहेशको जितमा समिर तामाङले २१ र ७७ औं मिनेटमा दुई तथा सुजन पुलामीले ४५ औं मिनेटमा र विवेक तामाङले ८६ औं मिनेटमा एक/एक गोल गर्न सफल भए ।
खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सलहेशका समिर तामाङ घोषित भए । उनले नगद ५ हजार रुपैयासँगै ट्रफी हात पारे ।
आजको खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । फाइनल प्रवेशको लागि सलहेशले मोरङको पथरी फुटवल क्लवसँग वुधवार प्रतिस्पर्धा गर्नेछ ।
भोली देखि सेमिफाइनलको खेल सुरु हुनेछ । मंगलवार डाँडाबजारले फाइनल प्रवेशको लागि तालतलैया एकेडेमी सुनसरीसँग प्रतिस्पर्धा गर्ने प्रचारप्रसार समितिका संयोजक सविन अधिकारीले बताए ।
राजारानीमा लाग्ने ऐतिहासिक चण्डी पूर्णिमा मेलाको अवसर पारेर आयोजक भएको १० औं गोर्खा रारा गोल्डकपको विजेताले नगद तीन लाख रुपैया सहित रारा गोल्डकपको ट्रफी र उपविजेताले एक लाख ५० हजार रुपैया प्रदान गरिने आयोजक रारा क्लवका अध्यक्ष मणी चेम्जोङले बताए ।