रोमानिया बुकारेस्ट । राेमानियाको बुकारेस्टस्थित नेपाल किराँत समावेशी सेवा समाज रोमानियाले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरेर उभौली पर्व मनाएको छ ।
रोमानियास्थित अवैतानिक शाखा दूतावासका प्रतिनिधि नबराज पोख्रेलको प्रमुख आतिथ्यमा साँस्कृतिक कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि पोख्रेलले प्रवासमा रहेका नेपालीहरुलाई एकै ठाउँमा ल्याउन मद्दत गरेको बताए ।
यस्तो खालको कार्यक्रमले प्रवासमा रहेका सबै नेपालीलाई एकै ठाउँमा जोडेर शुभकामना आदानप्रदान गर्ने अवसर समेत जुरेको बताए । समाजका अध्यक्ष गौरिमान लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा योगेश लिम्बू र आकृती लिम्बुले संयुक्त रुपमा संचालन गरेका थिए । सो अवसरमा साकेला नाच प्रस्तुत गरिएको थियो ।