• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, मंसिर १४, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद भीमनारायण गोल्डकप : विरगञ्ज युनाइटेडसँग पराजित हुँदै साविक विजेता एपिएफ वाहिरियो

Dhankuta News by Dhankuta News
२०८०, ३० बैशाख शनिबार २२:३६
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter
सहिद भीमनारायण गोल्डकप : विरगञ्ज युनाइटेडसँग पराजित हुँदै साविक विजेता एपिएफ वाहिरियो

धनकुटा । १४ औं संस्करणको विजेता समेत रहेको सशस्त्र प्रहरी बल (एपिएफ) क्लव धनकुटामा जारि सहिद भीमनारायण गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिवार सम्पन्न खेलमा बी डिभिजन क्लव विरगञ्ज युनाइटेडसँग पेनाल्टी सुटआउटमा ४-१ गोलअन्तरले पराजित हुँदै साविक विजेता एपिएफ क्वाटरफाइनल खेलबाटै बाहिरिएको हो ।

काठमाडाैंमा सहिद स्मारक ए डिभिजन लिग संचालन भइरहेको कारण धनकुटामा जारि भीमनारायण गोल्डकपमा एपिएफले जुनियर टिम मैदानमा उतारेको थियो । एपिएफको सिनियर टिम अहिले काठमाडाैंमा ए डिभिजन लिग खेलिरहेको छ ।

निर्धारित समय २/२ गोलको बरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा विरगञ्जले एपिएफ माथि बाजी मार्न सफल भयो ।

पेनाल्टी सुटआउटमा वीरगञ्जको तर्फबाट शिसष थापा, श्याम चौधरी, निरज थापा र विवेक चौधरीले गोल गरेका थिए ।

एफिएफको तर्फबाट प्रविणकुमार स्याङ्तानले मात्र गोल गरे । महेश लामाको प्रहार विपक्षी गोलकिपर दिलमणी चौधरीले रोके । त्यस्तै एपिएफका घनश्याम थारुको प्रहार गोलपोस्ट् माथिबाट वाहिरियो ।

खेलको २३ औं मिनेटमा निरज थापाले गोल गर्दै वीरगञ्जलाई सुरुवाती अग्रता दिलाएका थिए । एपिएफका सन्तोष कटुवालले ६३ औं मिनेटमा गोल गर्दै खेल वरावरीमा ल्याए । ७३ औं मिनेटमा विरेन्द्र प्रसाद यादवले दोहोरो पहेलो कार्ड पाउँदै मैदानवाट वाहिरिएपछि एपिएफ १० खेलाडीमा सीमित भयो । ८४ औं मिनेटमा एपिएफका प्रविणकुमार स्याङ्तानले गोल गर्दै आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । ८६ औं मिनेटमा वीरगञ्जका विवेक चौधरीले गोल गर्दै खेल वरावरीमा ल्याए ।

खेलको अन्तिम १७ मिनेट एपिएफ १० खेलाडीमा सिमित भयो । विपक्षी खेलाडी माथि खराब ट्याकल गरेको कारण एपिएफका विरेन्द्र प्रसाद यादव दाेहाेरो पहेलाे कार्ड पाउँदै मैदानबाट वाहिरिए ।

त्यसपछि दुवै टिमबाट गोल हुन सकेन । खेल पेनाल्टी सुटआउटमा पुग्यो । खेलको म्यान अफ द म्याच वीरगञ्जका गोलकिपर दिलमणी चौधरी घोषित भए । उनले नगद ४ हजार सहित ट्रफी प्राप्त गरे ।

आइतवार पहिलो सेमिफाइनल खेल हुनेछ । वी डिभिजन क्लव प्लानिङ ब्याइज काठमाडौं र मोरङको पेमा यूवा क्लव वीच हुने प्रतियोगिताको संयोजक शम्भु प्रधानले बताए ।

प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुईवर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्षेनी सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका वडा नं. ६ का तत्कालीन् वडाध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।

नेपाल कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरि २०३५ सालमा तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन् सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

डाँडाबजार गोल्डकप तथा साँस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक, २ लाख ३० हजार रुपैया बचत

Next Post

प्रदेश सांसद इन्दिरा थापा अस्पताल भर्ना, धनकुटा अस्पतालमा उपचार हुँदै

Next Post
प्रदेश सांसद इन्दिरा थापा अस्पताल भर्ना, धनकुटा अस्पतालमा उपचार हुँदै

प्रदेश सांसद इन्दिरा थापा अस्पताल भर्ना, धनकुटा अस्पतालमा उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..