धनकुटा । कोशी प्रदेश सभा सदस्य इन्दिरा थापा धनकुटा जिल्ला अस्पतालमा भर्ना भएकी छिन् । पिसावमा संक्रमण देखिएपछि थापा तीन दिन अघि जिल्ला अस्पताल धनकुटामा भर्ना भएकी हुन् ।
कोशी प्रदेश सभा सदस्य थापाको स्वास्थ्य अवस्था अहिले सुधारन्मुख रहेको स्वकीय सचिव इन्दु दर्नालले बताइन् । स्वास्थ्य अवस्था सुधारन्मुख भएता पनि अझैं केहि दिन अस्पताल नै वस्नु पर्ने डाक्टरले सल्लाह दिएको उनले बताइन् ।
धनकुटा जिल्ला अस्पतालमा पनि उपचारको सुविधा रहेकाले आफू विराटनगर तथा काठमाडौंका अस्पतालमा उपचारका लागि नगएको प्रदेश सभा सदस्य थापाले बताइन् ।