धनकुटा । बाहिङ/बायुङ, संस्कार र संस्कार र संस्कृतिको संरक्षण गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई सम्मानित भएका छन् ।
शनिवार काठमाडौंमा आयोजित बाहिङ किरात मुलुखिमको छैटौं राष्ट्रिय सम्मेलनको अवसरमा साँगुरीगढी गाउँपालिका अध्यक्ष राई सम्मानित भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका संस्कृति, पर्यटन तथा उड्यन मन्त्री सुदन किरातीले गाउँपालिका अध्यक्ष राईलाई सम्मान पत्र प्रदान गरेका थिए ।