हरिबहादुर लम्जेल । धनकुटा
१५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपमा दर्शकदीर्घाबाट सबैभन्दा धेरै पटक गुञ्जिएको नाम ‘ड्याडी जुनियर वाम्वा’ हो भन्दा फरक पर्दैन । प्रतियोगिता भर खेलप्रेमी दर्शकहरुबाट उनी यति धेरै लोकप्रिय भए की आयोजकलाई प्रतियोगिताको पुरस्कार वितरण गर्न समेत हम्मे हम्मे परेको थियो । विशेष गरी स–साना विद्यार्थी वालवालिकाहरु माझ ‘ड्यायी जुनियर वाम्वा’ अर्थात ‘ड्याडी’ नामले लोकप्रिय थिए ।

खेल दौरानको क्रममा जव ड्याडी जुनियर वाम्वाको खुट्टाले वल छुन्थ्यो, तव दर्शकदीर्घावाट उनको नाममा हुटिङ आउन्थ्यो । उनको नामको हुटिङले प्याराफिट गुञ्जयमान हुन्थ्यो । टिमका सहकर्मीले गोल गर्दा उनी दर्शकदीर्घातर्फ फर्केर हार्दिकता पूर्वक खुसीयाली मनाउथें । उनको हार्दिकतालाई दर्शकले ताली बजाएर फर्काउथे ।
क्षमादेवी प्लानिङ ब्वाइज युनाइटेड र वीरगञ्ज युनाइटेड वीच वुधवार सम्पन्न फाइनल खेलमा रेफ्री श्याम दनुवारले खेल सकिएको अन्तिम सिटी बजाउँदा उनलाई नजिकबाट हेर्नका लागि स–साना विद्यार्थी वालवालिकाहरुको भीड नै लाग्यो । स–साना वालवालिका माझ उनी घेरिए । उनीहरु ड्याडीको नाम लिँदै चिच्याउथे । ड्याडी पनि के कम वालवालिकाले घेरिएको वीचमा उनीहरुसँगै हुटिङ लगाउँदै चिच्याउथे । प्रतियोगितामा प्लानिङले खेलेका क्वाटरफाइनल र सेमिफाइनल खेल सम्पन्न भएपछि स–साना वालवालिकाहरु मैदानमा दर्गुदै ड्याडी जुनियर वाम्वालाई घेर्थे । उनको नाम लिँदै हल्ला गर्थे । ड्यानी पनि मुस्कान सहित हल्ला गर्दै वालवालिकासँगै नाच्थे । उनको वालवालिकासँग छिटो घुलमिल हुने वानीले फाइनल खेलपछि पनि लोभलाग्दो क्रेज देखिएको थियो । उनको अटोग्राफ लिन कागजको टुक्रा र हात लिएर ड्याडीलाई विद्यार्थीहरुले घेरेका थिए । ड्याडी लाइन भन्दै पालैपालो अटोग्राफ दिन्थे ।

सहिद भीमनारायण गोल्डकपमा उनी क्षमादेवी प्लानिङ ब्वाइज युनाइटेड क्लवबाट सहभागी थिए । क्षमादेवी प्लानिङ ब्वाइज वि डिभिजन क्लव हो । यो क्लव आशन्न वि डिभिजन लिग प्रतिस्पर्धा गर्दैछ ।
भीमनारायण गोल्डकपको लागि मात्रै उनी प्लानिङ ब्वाइजबाट फुटवल खेल्न आएका हुन् । प्रतियोगिताको लागि ड्यानी सहितको खेलाडीलाई क्लोज क्याम्पमा राखेर तयारी गरिएको प्लानिङ ब्वाइजका प्रशिक्षक सचिन्द्र धिमालले बताए । क्यामरुनी खेलाडी ड्याडी नेपाली फुटवलमा परिचित नाम भएको उनी बताउँछन् । उनी उमेरले २३ वर्ष पुगेका छन् । ड्यानीले २०७६ मा जावलाखेल युथ क्लवबाट र २०७८ मा विगे्रड ब्वाइज क्लव (विविसी) बाट ए डिभिजन लिग खेलेका थिए । फुटवल प्रति दर्शकको माहौल ल्याउन सक्ने खुवी ड्याडीसँग रहेको प्रशिक्षक धिमालले बताए ।
ड्याडी टिमका मुख्य डिफेन्डर हुन् । प्लानिङ व्वाइजलाई १५ औं संस्करणको सहिद भीमनारायण गोल्ड जिताउन उनको भूमिका महत्वपूर्ण रह्यो । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वन्दै नगद १५ हजार रुपैया सहित ट्रफी समेत जिते ।
क्षमादेवी प्लानिङ ब्वाइज युनाइटेडले उपाधी मात्रै लगेन । टिमका खेलाडीले खेल हेर्न आएका दर्शकको मन जिते । त्यस्तै टिमका महत्वपूर्ण खेलाडी रहेका ड्याडी वाम्वाले वालवालिकाको लोभलाग्दो क्रेज प्राप्त गरे ।
सहिद भीमनारायण गोल्डकपको हालसम्मको इतिहासमा खेलाडीप्रतिको लोभलाग्दो क्रेज विरलै देखिएको थियो । नेपाली फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले केही वर्ष सहिद भीमनारायण गोल्डकप खेल्दा उनी प्रतिको क्रेज दर्शक दीर्घावाट देखिएको थियो । विदेशी खेलाडीप्रति क्रेज यति धेरै देखिएको यो नै पहिलो पटक होला । विगतका संस्करमा धेरै क्लववाट विदेशी खेलाडी खेलेका थिए । तर उनीहरुले ड्याडी वाम्वाको तुलनामा कमै देखिएको थियो ।
केही नेपाली शब्द स्पष्ट वोल्ने ड्याडी जुनियर वाम्वाले खेल दर्शक प्रति गर्ने व्यवहारले नै उनी प्रति लोभलाग्दो क्रेज वढेको हुन सक्ने धनकुटा जिल्ला फुटवल समितिका पूर्वअध्यक्ष गोविन्द राईले बताए ।

