धनकुटा । नक्कली भुटानी सरणार्थी बनाई नेपाली नागरीकलाई तेस्रो मुलुक पठाउने कार्यमा संलग्नता रहेकालाई कारबाहिको माग गर्दै धनकुटामा मानव अधिकार एलाइन्सले ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकार्षण पत्र बुझाएका हो ।
सरकारका केही उच्च पदस्थ कर्मचारीहरु, पूर्व मन्त्रिहरु र उनका नातेदार व्याक्तिहरु समेत संलग्न भई गलत ढंगले मानव तस्करी गर्ने र भ्रष्टचार गरी मानव तस्करी लगायतमा अपराभिक गतिविधि संलग्न रहेकाले कारबाहिको माग गर्दै एलाइन्सका अध्यक्ष केदार दाहालले जिल्ला प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए ।
उनिहरुले राजनितिक दलहरु र कानुनी शासानप्रति अविश्वास सिर्जन गर्ने, मुलुकको सार्वभौमसत्ता र नागीकको आत्मसम्मानमा चोट पुगेको र यस्ता अपराधि घटनाहरु कोही कसैबाट पनि नदोहोरीने सुनिश्चितता गर्न दोषीमाथी कडा कारबाही हुनुपर्ने भन्दै धनकुटा स्थित संघ संस्थाका प्रतिनिधि अभियान्ताहरुले माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको दाहालले बताए ।