धनकुटा । साँगुरीगढी दोस्रो गाउँपालिका वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी वडा नं. ८ केरावारीले जितेको छ । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोक स्थित डाँडाटोलमा वुधवार सम्पन्न फाइनल खेलमा वडा नंं ९ आहालेलाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नं. ८ केरावारीले उपाधी जितेको हो ।
उपाधीसँगै वडा नंं ८ केरावारीले नगद ६० हजार रुपैया सहित ट्रफी र मेडल हात पार्यो । भने उपविजेतामा सीमित ९ नं. आहाले वडाले नगद ३० हजार रुपैया र ट्रफीमा चित्त वुझायो । वडा नं. ८ को जितमा मिलन राईले गोल गरेका थिए । भने एक गोल विपक्षी खेलाडीले आत्माघाती भएको थियो । त्यस्तै ९ नं. वडाको तर्फबाट संगम राईले सान्त्वना गोल गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ८ नं. वडाका विजय राई घोषित भए । त्यस्तै वडा नं. ९ का संगम राई प्रतियोगिताभर ४ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए । ९ नं. वडाका मित्र राई उत्कृष्ट डिफेन्डर घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट घोषित खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार वितरण गरेका थिए । साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिता