तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाको नाम सिरिजङ्गा लिपिमा पनि राखिएको छ । गाउँपालिका कार्यालय रहेको भवनको प्रवेशद्वारमा पालिकाको नाम सिरिजङ्गा लिपिमा पनि राखिएको हो । नाम रहेको स्थानमा माथिल्लो भागमा नेपाली भाषामा फेदाप गाउँपालिका र त्यसको मुनि सिरिजङ्गा लिपिमा पालिकाको नाम लेखिएको छ । फेदाप गाउँपालिका लिम्बु समुदायको वाहुल्यता भएको क्षेत्र हो । सिरिजङ्गा भाषालाई संरक्षण र सम्वद्र्धन गर्ने उदेश्यले लेखिएको गाउँपालिकाले जनाएको छ ।