विपिन दाहाल
धनकुटा । धनकुटामा पहिलो पटक विद्यालय स्तरीय शिक्षक फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक नवजागृति यूवा क्लवले मंगलवार पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ देखि २८ गतेसम्म पहिलो पटक विद्यालयस्तरीय शिक्षक फुटवल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सञ्चालन हुने प्रतियोगितामा धनकुटा नगरपालिकाको नौं, पाख्रिवास नगरपालिका र छथरजोरपाटी गाउँपालिकाको एक÷एक विद्यालयको गरी ११ टिमको सहभागिता हुनेछ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद २० हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने । त्यस्तै उपविजेता टिमले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक सफल राईले बताए ।
त्यस्तै विधागत तर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको आयोजक नवजागृति यूवा धनकुटा नगरपालिका वडा नं. ७ मा स्थापना भएको संस्था हो ।