धनकुटा । धनकुटा जिल्लाका उद्योगी र व्यापारीहरुको सुविधाका लागी धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोग तथा सहकार्यमा धनकुटामा आगामी जेष्ठ २६ गते देखी नाप तौल दर्ता तथा नविकरण शिविर संचालन गर्ने धनकुटा उद्योग बाणिज्य संघको बैठकले निर्णय गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा भएको बैठकले धनकुटा बजारमा जेष्ठ २६ र २७ गते,हिले बजारमा जेष्ठ २८ गते,सिधुवा बजार र पाख्रिवास बजारमा जेष्ठ २९ गते गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोग तथा सहकार्यमा नाप तौल दर्ता तथा नविकरण शिविर संचालन गर्ने निर्णय गरेको सचिव राम वहादुर रायमाझीले वताए ।
बैठकमा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ट उपाध्यक्ष मन कुमार तितुङ्ग, उपाध्यक्षहरु खगेन्द्र विष्ट, निर्मला श्रेष्ठ राई, सचिव रामबहादुर रायमाझी, कार्यकारी सदस्यहरु रेजिना पालिखे, रिदम श्रेष्ठ, सुनिता थापा, नगेन्द्र काफले, कार्यालय सचिव मातृका राई लगायतले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको सुविधाको लागी घुम्ती सेवाहरु संचालन गरिरहेको वताउदै आ-आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रम संचालन गर्नका लागी सम्वन्धित बजार क्षेत्रबाट धनकुटा उद्योग बाणिज्य सघमा प्रतिनिधित्व गर्ने कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी दिइएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।