धनकुटा । धनकुटाका उद्यमी तथा व्यापारीहरुलाई घर-घरमानै सेवा प्रवाह गर्ने उद्देश्यले गुणस्तर तथा नाप ताैल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा धनकुटाको हिले बजार, सिँधुवा बजार र पाख्रिवासमा संचालन गरेको दुई दिने नाप तौल दर्ता र नविकरण डोरमुकाम कार्यक्रम सम्पन्न भयो ।
हिलेमा आयोजना गरिएको डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, पूर्वअध्यक्ष लालचन्द्र गोङ्वा, वरिष्ठ उपाध्यक्ष तारा तितुङ्, उपाध्यक्ष खगेन्द्र विष्ट, पूर्वउपाध्यक्ष रुकमान तामाङ, सचिव रामवहादुर रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु दिजेश शाक्य, अम्बिका धमला, नरेन्द्र काफ्ले, कर्मचारीहरु मातृका राई, नवराज श्रेष्ठ, रिया भूजेल लगायतले सहजीकरण गरेका थिए ।
धनकुटाको हिले बजार, सिँधुवा बजार र पाख्रिवासमा गरी दुई दिनसम्म संचालन गरिएको गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका नाप ताैल निरिक्षक मनिषा राई, सहायक निरिक्षक शुसिला तामाङ, सिनियर मिस्त्रि अभिनन्दन पण्डित र कार्यालय सहयोगी जितेन्द्र चौधरीले जम्मा १ सय ५४ जना उद्योगी व्यापारी तथा व्यवसायीहरुको नाप तौलको जाँच, दर्ता तथा नविकरण गरेका थिए ।
धनकुटाको सिँधुवाबजारमा आयोजना गरेको नाप तौल जाँच गरी दर्ता तथा नविकरण गर्ने कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, सचिव राम वहादुर रायमाझी, कोषाध्यष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, वरिष्ठ उद्यमी मेघेन्द्र गुरुङ लगायतले सहजीकरण गरेका थिए ।
यसैगरी पाख्रिवासमा आयोजना गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, पाख्रिवास शाखाका अध्यक्ष केशव राई, कर्मचारीहरु मातृका राई, नवराज श्रेष्ठ, रिया भूजेल लगायतले सहजीकरण गरेका थिए । धनकुटाका उद्यमी व्यापारी तथा व्यवसायीहरुले विराटनगरको गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरमा नाप तौलका सामाग्रीहरु लिएर जाँच गरी नाप तौलको दर्ता तथा नविकरण गर्नु पर्ने भएकोले धनकुटा उद्योग वाणिज्य संघको सहयोग तथा समन्वयमा धनकुटा बजार, हिले बजार, सिँधुवा बजार र पाख्रिवास बजारमा नाप तौलको डोर कुमाम संचालन गरी घर-घरमानै पुगरे सेवा प्रवाह गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।