धनकुटा । नेपाली कांग्रेस धनकुटाले नयाँ क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने अभियान शुरु गर्दै पार्टी प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले दुवै क्षेत्रका क्षेत्रिय सभापतीहरु, सातवटै पालिकाका सभापतिहरु र ६० वटै वडाका सभापतिहरुलाई नयाँ र नविकरणका लागी क्रियाशील सदस्यता फारम हस्तान्तरण गरी क्रियाशील सदस्यता वितरण अभियान शुरु गरेका हुन् ।
नेपाली कांग्रेस धनकुटा जिल्ला समितिले प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिलाई, क्षेत्रीय समितिले पालिका समतिलाई र पालिका समितिले वडा समितिलाई क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नका लागी फारम प्रदान गर्ने व्यवस्था अनुसार वितरण गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।
नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको उक्त भेला तथा बैठकले एक महिना भित्र क्रियाशील सदस्यता वितरण र नविकरण अभियान संंचालन गर्ने,मातहलका समितिहरुमा रिक्त रहेका पदहरुको निर्वाचन गराउने,विभिन्न पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका नेताहरुलाई नेपाली कांग्रेसको विधान अनुसार जिम्मेदवारी दिएर समायोजन गर्न सवै मातहतका समितिहरुलाई निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
उक्त बैठक तथा भेलाले पूर्वी नेपालको ताप्लेजुग, पाँचथर, संखुवासभा, इलाम लगायतका जिल्लाहरुमा भर्खरै गएको बाढी पहिरोबाट पिडितहरुको उद्वार तथा राहतको लागी क्रियाशील हुने सवै नेता तथा कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । बैठकले नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी बजेट निर्माण गर्नका लागी आमन्त्रण गरेर बैठक तथा भेला गरी सुझाव सहित निर्देशन दिन सवै मातहतका समितिहरुलाई निर्देशन दिर्ने निर्णय गरेको छ ।
जनता समाजबादी पार्टी धनकुटाको उपाध्यक्ष परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका विकास घिमिरे सहितको नेताहरु मध्ये घिमिरेलाई जिल्ला सचिव, राम वहादुर रायमाझीलाई सहसचिव, गजम घिसिङ्गलाई जिल्ला सदस्य र नेकपा एमाले परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका भक्त थापालाई जिल्ला सदस्य र नेपाली कांग्रेसका यूवा नेता डिवी मोक्तानलाई जिल्ला सदस्यमा मनोनयन गरी जिम्मेवारी दिइएको छ ।
उनीहरुलाई नेपाली कांग्रेस धनकुटका जिल्ला सभापति दिनेश राई, उपसभापति निर्मलप्रसाद ओझा, जिल्ला सचिवहरु विजय सन्तोषी राई र जयन्द्र घिसिङ्गले पद वहाली गराएका थिए । सो अवसरमा स्वागत मन्तव्य उपसभापति निर्मल ओझाले व्यक्त गरेका थिए । उक्त बैठक तथा भेलाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यमा सम्पन्न भएको नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलनको समिक्षा गरी सम्मेलन गर्न बाँकी भएका पालिकाहरुका र वडाहरुको सम्मेलनहरु चाँडै गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस धनकुटाले अवदेखि प्रत्येक बर्ष क्रियाशील सदस्यता वितरण र नविकरण गरी सदस्यता अपडेट गर्ने नेपाली कांग्रेस धनकुटका सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले जानकारी दिए ।