धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ निवासी नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा सल्लाहकार शिक्षाविद् स्वर्गीय रामवहादुर रायको धनकुटाको विश्रान्ती मन्दिर स्थित तमोर नदीमा चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरी अन्त्यष्टि गरएको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभपति दिनेश राई जिल्ला सचिवहरु विजय सन्तोषी राई, विकास घिमिरे, सदस्यहरु मिनवहादुर कार्की, राजेन्द्र पौडेल, क्षेत्रीय सभापती एवं साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, महाधिवेशन प्रतिनिधि थिरेन्द्र सुब्बा, धनकुटा नगरपालिका वडा नं. ३ का सभापति पदम भण्डारी, वडा नं. १० का वडाध्यक्ष नगेन्द्र पाण्डे लगायतका नेताहरुले पार्टीका अभिभावक सल्लाहकार शिक्षाविद् स्वर्गीय रामवहादुर रायको पार्थिव शरिरमा पार्टीको चार तारे झण्डा ओढाएर सम्मान गर्दे अन्तिम श्रद्धाञ्जली र्अणप गरी उनको अन्त्येष्टि गरिएको हो ।
सो अवसरमा स्वर्गीय रामवहादुर रायको योगदानको वारेमा चर्चा गर्दै नेपाली काग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले उनको निधनले नेपाली कांग्रेस धनकुटाले अभिभावक गुमाएको र धनकुटाले एउटा सच्चा समाजसेवी गुमाएकोले धनकुटालाई अपुरणीय क्षति पुगेको बताए ।
७३ बर्षको उमेरमा धनकुटा नगरपालिका वडा नं ३ को भाषा उच्च माविको कार्यक्रममा सहभागी भइरहेको वखत ह्दयघात भई असमायिक निधन भएका समाजसेवी शिक्षाविद् तथा नेपाली कांग्रेस धनकुटाका अभिभावक स्वर्गीय रामवहादुर रायको श्रीमती सरिता राय, छोरा राजेन्द्र राय, छोरीहरु शान्ति, लक्ष्मी र कमला छन् ।
स्वर्गीय रामवहादुर रायले धनकुटाको भाषा, हिले मावि, मार्ग र बेलहराका विद्यालयहरुमा लामो समयसम्म शिक्षक भई अध्यापन गराएका थिए । जेष्ठ नागरिक संघ धनकुटा वडा नं. ३ का निवर्तमान हुन् ।